पर्यटकको आगमन बढेपछि हात्तीवाङमा घरबास व्यवसाय फस्टाउँदै
नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार ८:५६:१५
२६ जेठ, मुग्लिङ (चितवन) । चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा घरवास व्यवसाय फस्टाउँदै गएको छ । सिराइचुलीमा पर्यटकको आगमन बढेसँगै हात्तीवाङमा घरबास व्यवसाय फस्टाएको हो । सिराइचुली आउने पर्यटक बढ्दै गएपछि दैनिक जसो पर्यटक घरबासमा बास बस्न आउने गरेको सिराइचुली घरबास (होमस्टे) हात्तीवाङका सञ्चालक जगदिश्वर पुरीले बताए । उनले भने, “पाहुना दैनिकजसो बास बस्न आउनुहुन्छ, पछिल्लो समय यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको छ ।”
समुद्र सतहबाट एक हजार नौ सय ४५ मिटर उचाइमा रहेको सिराइचुलीबाट सूर्योदय अवलोकन गर्न पर्यटक आउने गरेका छन् । हात्तीवाङमा बास बसेर बिहान सूर्योदय हेर्न पर्यटक सिराइचुली पुग्ने गर्छन् । हात्तीवाङबाट पनि समयको सडक यात्रापछि आधा घण्टाको पैदल यात्रापछि सिराइचुली पुग्न सकिन्छ ।
घरबास सञ्चालकसमेत रहनुभएका इच्छाकामना–१ का वडाध्यक्ष सन्त बहादुर राना मगरले पछिल्लो समय पर्यटकको आगमनमा वृद्धि भएको बताए । उनले भने, “दैनिक आउने पर्यटकको तथ्याङ्क राख्ने गरिएको छैन, तर सिराइचुली आउने पाहसनाको सङ्ख्या बढ्दै गएको छ ।” सिराइचुली आउने पर्यटक बढेसँगै हात्तीवाङका घरबास व्यवसाय फस्टाउँदै गएको वडाध्यक्ष राना मगरको भनाइ छ । सिराइचुलीसम्म पुग्न सिँढीसहितको बाटो निर्माण गरिएको छ ।
सिराइचुलीको फेदसम्मै सडक पुगेको छ । पैदल दूरी छोटिँदा पर्यटकलाई आवतजावत गर्न सहज भएको छ । हात्तीवाङमा हाल चार घरबास र एउटा होटल सञ्चालनमा छ । तर यहाँ आउने पाहुनाका लागि बास बस्न पर्याप्त नभएको घरबास सञ्चालक जगदीश्वर पुरी बताउँछन् ।
घरबासमा पाहुनाको रोजाइअनुसार स्थानीय परिकारसमेत खुवाउने गरिएको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकको आगमन बढेसँगै घरबास सञ्चालन गर्न गाउँपालिकाले स्थानीयलाई प्रोत्साहन गर्न थालेको बताए । अनुदानसहित स्थानीयलाई तामिलसमेत प्रदान गरिँदै आएको उनको भनाइ छ ।
गाउँपालिकाले पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको वडा नम्बर २ मायाटार आसपासमा रहेका घुर्केश, डाँडा गाउँलगायतका गाउँमा पनि घरबास सञ्चालनको तयारी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
पुष २२, २०८१ सोमबार
सौराहा आउने पर्यटक ह्वातै घट्यो, अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् !
पुष २०, २०८१ शनिबार
चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार