पर्यटकको रोजाइमा स्याङ्जाको 'सुन्दरचौर उद्यान'
नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार ९:४७:५६
२६ जेठ, वालिङ (स्याङ्जा) । स्याङजाको भीरकोट–६ स्थित पहाडको थुम्कोमा रहेको छ ‘सुन्दर चौर उद्यान’ । पछिल्लो समय उक्त उद्यान बजारको कोलाहल र प्रदूषणलाई छल्दै रमणीय, शान्त वातावरणमा आनन्दित हुने ठाउँको रुपमा विकसित हुँदै गरेको छ । पूर्वाधार निर्माणले तीव्रता पाएपछि यो उद्यान पर्यटकको रोजाइमा पर्न थालेको हो ।
यहाँ पूर्वाधार निर्माणको काम जारी छ । आन्तरिक तथा बाह्य पर्यटकको सेवा र सुविधालाई ध्यानमा राखेर उद्यानमा पूर्वाधार थप्ने काम भइरहेको छ । पहिला सुन्दर चौरलाई वनस्पति उद्यान केन्द्रका रुपमा विकास गरिएको थियो । पछिल्लो समय सुन्दरचौर उद्यानमा पूर्वाधार निर्माण भइरहेका भीरकोट–६ का वडाध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले बताए ।
उद्यानलाई व्यवस्थित गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा वडा कार्यालयबाट रु १० लाख, डिभिजन वन कार्यालय स्याङजाबाट रु पाँच लाख, भीरकोट नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु तीन लाख दश हजार तथा पर्यटन बोर्ड पोखराबाट रु दुई लाख प्राप्त भएको उनले बताए । पर्यटकीय स्थलसम्म सहजरूपमा पुग्नुका लागि भीरकोट–६ को पाटपाटीदेखि उद्यानसम्म रु ५४ लाखको लागतमा सडक ढलान भइरहेको छ । वडा कार्यालय भण्डार खोलादेखि उद्यानसम्म पुग्न पक्की पदमार्ग बनाइएको छ ।
“वनस्पति उद्यान केन्द्र हुँदादेखिका संरचना, बोटबिरुवाको संरक्षण र सम्वद्र्धन गर्दै नयाँ संरचना पनि निर्माण भइरहेका छन्”, वडाध्यक्ष क्षेत्रीले भने, “यहाँ आउने पर्यटकको सुविधालाई मध्यनजर गरी पूर्वाधार निर्माण गरेपछि पर्यटकको रोजाइको रुपमा यो ठाउँले पहिचान बनाउन थाल्यो ।”
वनस्पति उद्यान केन्द्रदेखि हालको पार्कको अवस्थासम्म आइपुग्दा सौन्दर्यकरणका दृष्टिले पूर्वाधार र मनोरञ्जनका सामग्री थप गरिएको उनले बताए । उद्यान परिसरमा अवलोकन टावर, पानी पोखरी, गोलघर, पक्की पदमार्ग, प्रवेशद्वार, कार्यालय भवन, वनभोजका लागि दुई वटा ट्रस्ट, सेल्फी स्पट, गैँडाको प्रतिमा, बाल उद्यानका सामग्री, पार्क परिसरलाई छेकबार, तारजाली, विभिन्न जातिका फूल तथा बोटबिरुवाले पर्यटकलाई आकर्षित गरेको छ ।
उद्यानलाई वनभोजस्थलका रुपमा विकास गर्दै आम्दानीसँग जोड्ने लक्ष्यसहित अगाडि बढेको वडाध्यक्ष क्षेत्रीले बताए । “उद्यान घुम्न आउनेसँग रु २० प्रवेश शुल्क लिन्छौँ”, उनले भने । वनभोजका लागि आउने समूहलाई भाडावर्तन, ग्यासलगायतका सामग्री उपलब्ध गराए बापत रु तीन हजारदेखि रु तीन हजार पाँचसय शुल्क लिने गरिएको छ । वनभोज तथा अवलोकन गर्न आउने पर्यटकबाट लिइएको प्रवेश शुल्क मासिकरूपमा खातामा जम्मा गर्ने गरिएको छ । यसबाट मासिक रु १० हजारदेखि रु १५ हजारसम्म आम्दानी हुँदै आएको छ ।
डाँडाको थुम्कोमा रहेको उद्यान पुग्दा छुट्टै आनन्द आएको यहाँ घुम्न आउनुभएका वालिङ–१३ का बबिन पाठकले बताए । उद्यान परिसरबाट नागबेली रुपमा बगेको आँधी खोला र त्यसले बनाएको फाँट, बयरघारीलगायतका स्थान देख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार