रौतहटका युवकको मलेसियामा दुर्घटनामा मृत्यु
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार १३:३७:१
♦ सञ्जय मिश्रा
२७ जेठ, रौतहट । रौतहटबाट वैदेशिक रोजगारीमा मलेसिया गएका एकजना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ।
रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय छोरा राकेश कुमार सोनार मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
मलेसिया स्थित कम्पनीबाट कामसकेर कोठामा फर्किने कर्ममा गत १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ। मृतकको को शव १० दिनपछि शनिवार साँझ उनको घरमा ल्याएर गएराति अन्त्येष्टि गरिएको छ ।
हिन्दू परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको डाहसंस्कार गरिएको कटहरिया ३ कार वडा अध्यक्ष श्यामान्त यादवले बताएका छन्।
मलेसियास्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ । पछिल्लो एकवर्ष देखि उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरेन्ट लागेर दुई बालिकाको मृत्यु
असोज २६, २०८१ शनिबार
मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
असोज २५, २०८१ शुक्रबार
गोरखामा २८ वर्षीया युवतीको हत्या
असोज २४, २०८१ बिहिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
रोनाल्डो र सिल्भाको गोलमा पोर्चुगल विजयी
असोज २७, २०८१ आइतबार
नेपाली सेनालाई स्वर्ण पदक
असोज २७, २०८१ आइतबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
असोज २७, २०८१ आइतबार
दशैंको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा
असोज २७, २०८१ आइतबार
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
असोज २७, २०८१ आइतबार
आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
असोज २७, २०८१ आइतबार