मकालु वरुण राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा सङ्कलन सुरु
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार २१:३७:४७
२७ जेठ, किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जमा बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलन सुरु भएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्जमा बहुमूल्य जडिबुटीका रुपमा लिइने यार्चागुम्बा सङ्कलन जेठ २० गतेदेखि सुरु भएको मकालु वरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी स्मृति पहारीले जानकारी दिइन् । सो निकुञ्जमा दुई प्रजातिको यार्चागुम्बा पाइन्छ ।
कार्यालयले सोलुखुम्बुको महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, सङ्खुवासभाको किमाथांका मध्यवर्ती उपभोक्ता समिति, चेपुवा, अरुण वरुण, मकालु, पाथीभरा, सेदुवा, पुखुवा, सिलिचोङ, मांतेवा, ताम्कु, बाला र सिसुवा मध्यवर्ती उपभोक्ता समितिमार्फत पुर्जी दिने व्यवस्था गरेको छ ।
अनुमति लिएका व्यक्ति वा समूहले आगामी असार २० गतेसम्म यार्चागुम्बा सङ्कलन गर्न पाउने सूचना अधिकारी पहारीले बताइन् । यार्चागुम्बा मकालु, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ । यार्सागुम्बा उच्च हिमाली क्षेत्रका बान्सिदाको मुख्य आम्दानीको स्रोत हो
यार्सागुम्बा सङ्कलनका लागि निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई रु पाँच, मध्यवर्ती क्षेत्र सङ्खुवासभा र सोलुखुम्बुको उपभोक्ताका लागि रु दुई हजार र जिल्ला बाहिरका व्यक्तिका लागि रु तीन हजार प्रवेश शुल्क तोकेको छ ।
गुणस्तरका आधारमा पहिलो नम्बरको यार्सागुम्बा प्रतिकेजी रु ४० लाखसम्ममा बिक्री हुने गरे पनि सङ्खुवासभामा यार्सागुम्बाप्रति केजी रु पाँच लाख ५० हजारदेखि रु सात लाख ५० हजारसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ । सङ्कलन गरिएको यार्सागुम्बा चीनको तिब्बती तथा काठमाडौँमा बढी निकासी हुने गरेको छ । निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बुको एक हजार पाँच सय वर्गकिलोमिटरमा फैलिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार