मङ्गलबारदेखि ललितपुरमा श्रमाधान रोजगार मेला
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार २२:४:५२
२८ जेठ, काठमाडौं । स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन सहयोग गर्ने उद्देश्यले मङ्गलबारदेखि ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका उपसचिव एवं बाग्मती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोसेढुङ्गा साबित हुने बताए ।
“मेलाले रोजगारी मात्रै हैन, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोग कसरी ल्याउने, सीपमा निखारता कसरी ल्याउने भन्ने बारेमा पनि जारकारी दिनेछ”, मेलाका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले दैनिक विदेशिएका युवा शक्तिलाई नेपालमा नै रोजगारीको अवसरको सम्भावना देखाउन मेला महत्वपूर्ण भएको बताए । “नेपालमा रोजगारी नपाएर विदेशिनुपर्ने अवस्था र श्रमिक नपाएर रोजगारदाताले आप्रवासी श्रमिक भित्र्याउनुपर्ने बाध्यतालाई सम्बोधन गर्नेछ”, उनले भने।
ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा हुने उक्त मेलाको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ । मेलामा बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालसहितको उपस्थित हुनेछ । मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घले गर्नेछन् । बुधबारसम्म सञ्चालन हुने मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार