प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमा मन्त्रालयगत छलफल गर्ने कार्यसूची
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार ७:३६:३५
२९ जेठ, काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने तालिका रहेको छ । त्यस्तै आज विनियोजन विधेयक अन्तर्गत विभिन्न सांसदहरूले राखेका पाँच खर्च घटाउने प्रस्ताव समेत पेश हुने तालिका रहेको छ ।
जुन यस प्रकार छन्-
१- सांसद प्रेम सुवालले 'विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
२- सांसद डा. अमरेश कुमार सिंहले 'विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
३- सांसद पुष्प बहादुर शाहले 'विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
४- सांसद बद्री प्रसाद पाण्डेले “विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
५- सांसद रमा कोइराला पौड्यालले 'विनियोजन विधेयक, २०८१ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
६- सांसद संजय कुमार गौतमले 'विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार