गृहमन्त्रीलाई शाहीको प्रश्न- जीबी राई ठुलो की सरकार, गिरिबन्धुको फाइल कहिले खुल्छ ?
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १२:६:५८
२९ जेठ, काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले गिरिबन्धु टी–स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन् । उनले गृहमन्त्री रवि लामिछानेलाई धेरै बकबक गर्नु भयो, अब गिरिबन्धु जग्गा प्रकरणको फाइल कहिले खोल्ने भन्दै प्रश्न गरे ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरी बन्धु प्रकरणको फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका हुन् । सांसद शाहीले गिरी बन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्स फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका छन् ।
उनले जीबी राई ठुलो की सरकार ठुलो भन्दै अहिले जीबी राई ठुलो देखिएको बताउँदै उनले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप लगाए । उनले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
उनले भने– आकाशमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौं ।’ सांसद शाहीले सुदूरपश्चिमकी चेली निर्मलाका हत्याराको कहिले पत्ता लाग्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार