प्रतिनिधि सभाको शून्य समयमा खच्चडको उद्धारदेखि प्रधानमन्त्रीको भारत भ्रमणसम्म सांसदले उठाए प्रश्न
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १२:५१:१६
२९ जेठ, काठमाडौं । प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषय उठाए । सभाको आजको बैठकको शून्य समयमा उनीहरुले मधेस प्रदेशमा एक साताअघि हावाहुरीले पुर्याएको क्षतिको राहत, तिब्बतमा पक्राउ परेका नेपालीको उद्धार, जलवायु परिवर्तनले तापक्रम वृद्धि भएकोलगायत विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीहरुको विदेश भ्रमणअघि केके विषयमा कुराकानी हुने हो त्यसबारेमा सदनलाई जानकारी गराउन माग गरे । सांसद वासुदेव घिमिरेले जलवायु परिर्वतनका कारण नेपालको तराई क्षेत्रमा अत्यधिक तातक्रम बढेको र त्यसका लागि वृक्षरोपण र लालतलैया संरक्षणको अभियानमा लाग्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद विन्ध्वासिनी कंसाकारले समाजमा मानसिक स्वास्थ्यलाई धेरै ध्यान दिनुपर्ने जरुरी भएका र त्यसका लागि छुट्टै ‘हटलाइन’ सेवाको सुरुआत गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद विना देवीले मधेस प्रदेश कृषिका लागि महत्वपूर्ण भए पनि पानी नपरेकाले बाली लगाउन पाएको नपाएको हुँदा सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद विनिता कठायतले मुगुको उत्तरी भेगको करिब एक हजार तीन सय घरधुरीले खानेपानीको समस्याका भोग्नुपरेको र सो स्थानका बासिन्दा खानेपानीको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।
सांसद विमला सुवेदीले नुवाकोटको सडक निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइन् । । सांसद पुष्पबहादुर शाहले अछाममा कर्णाली नदीमा रहेको झोलंगे पुलको लट्ठा चुँडिएर फसेका १४ मध्ये १२ खच्चडको उद्धार गरिएको दुई मरेको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउँदै अहिले उक्त पुलमा आवतजावत बन्द भएको बताए । साथै उनले स्थानीयको दैनिकीमा बाधा भएकाले यथाशीघ्र सञ्चालनमा ल्याउन र अन्य अन्य पुलको पनि समयमै मर्मत गर्न आग्रह गरे ।
सांसद पूर्णबहादुर घर्तीमगरले बागलुङमा काम सम्पन्न नहुँदै बाटो जीर्ण हुँदै गएको र ठेकेदारले लापरवाही गरको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद प्रतिक्षा तिवारीले काठमाडौँ गरिब हटाउने नभई गरिबी हटाउन माग गरे ।
सांसद प्रदीप पौडेलले सरकारी कार्यालयमा राम्रो व्यवहार नहुने र ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै युवामा बढेको निराशा हटाउन पनि सेवाग्राहीसँग राम्रो र उचित व्यवहार गर्न आग्रह गरे । सांसदद्वय प्रभु साह र प्रभु हजाराले एक साताअघि आएको हावाहुरीले बारा र पर्सामा घर र बालीनालीमा ठूलो क्षति भएकाले पीडितलाई तत्काल राहत र क्षतिपूपर्ति दिलाउन माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थ समितिको बैठक बस्दै
भदौ २३, २०८१ आइतबार
जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री ओली
भदौ २३, २०८१ आइतबार
जनहितलाई सर्वोपरि ठानेर काम गर्न मन्त्री यादवको अग्रह
भदौ २२, २०८१ शनिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
भदौ २२, २०८१ शनिबार
फ्रान्सका विद्यालयमा 'डिजिटल ब्रेक'
भदौ २३, २०८१ आइतबार
सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो
भदौ २३, २०८१ आइतबार
आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
भदौ २३, २०८१ आइतबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
हंगेरीमाथि जर्मनीको शानदार जित
भदौ २३, २०८१ आइतबार
अर्थ समितिको बैठक बस्दै
भदौ २३, २०८१ आइतबार