बीरगंजका विभिन्न गोदामबाट सशस्त्रले बरामद गर्यो ३ करोड मूल्यका अवैध सामान
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १३:५१:२६
३० जेठ, पर्सा । सशस्त्र प्रहरीले पर्सास्थित वीरगञ्ज महानगरपालिका–१९ लगायत विभिन्न ठाउँबाट मंगलबार राती अवैध गोदाममा छापा मारेर ४४ लाख बढिको अवैध सामान नियन्त्रणमा लिएको छ । एक हप्ताको बीचमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले करिब ३ करोड मूल्य बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको सुरक्षा फौजले वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितिमा अवैध रुपले राखिएको गोदाममा छापा मारेर सौन्दर्य क्रिम, मुङ दाल, मोटर पार्ट्स तथा अन्य अवैध सामान बरामद गरेको हो ।
बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्रान्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्रान्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेको छ । यस्तै मानिस कोही नबस्ने सोही महानगरपालिकाको अर्को एक ठाउँबाट एक घरमा अवैध रुपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको छ ।
यसैगरी मंगलबार राती नै सोही गुल्मले वीरगञ्ज महानगरपालिका–१० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्ट्स र १० लाख ७५ हजार मूल्य बराबरको किराना सामान समेत बरामद गरेको छ । बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार