१० महिनामा विकास बैंक र फाइनान्स कम्पनीले कति कमाए मुनाफा ?, मुक्तिनाथ र गरिमा अगाडि
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १४:३९:३९
३० जेठ, काठमाडौं । वैशाखसम्म विकास बैंकहरुले सवा ३ अर्ब मुनाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । वैशाखसम्मको विकास बैंकहरुको खुद मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।
यो नाफा गत चैतको तुलनामा १४.१ प्रतिशतले धेरै हो । गत चैतमा विकास बैंकहरुको खुद मुनाफा ३ अर्ब ६५ करोड थियो । विकास बैंकहरुको मुनाफा पनि चैतको तुलनामा वैशाखमा बढेको भएपनि गत आवको सोही अवधिलाई हेर्दा घटेको छ । गत आवको वैशाखमा विकास बैंकहरुले ४ अर्ब २९ करोड रुपैयाँ खुद मुनाफा गरेका थिए ।
समीक्षा अवधिमा १७ वटा विकास बैंकले ३ अर्ब १७ करोड ९६ लाख ३० हजार रुपैयाँ मुनाफा कमाएका हुन् । तर, अझै पनि पाँच वटा विकास बैंक भने नोक्सानीमै देखिएका छन् । अन्य बैंकहरुमा मुनाफामै छन् । समीक्षा अवधिमा राष्ट्रिय स्तरका बैंकहरुको मुनाफा २० करोड माथि देखिएको छ ।
सर्वाधिक मुनाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । बैंकले १० महिनामा ९९ करोड ४८ लाख ७० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । मुनाफाको आधारमा दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले पनि ७५ करोड ७४ लाख रुपैयाँ कमाएको छ । मुनाफामा शाइन रेसुंगाले १० महिनामा ५८ करोड ३७ लाख ७० हजार कमाएको छ ।
महालक्ष्मी विकास बैंकले पनि ४६ करोड १७ लाख ९० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । कामना सेवा विकास बैंकले ४० करोड ४२ लाख ७० हजार मुनाफा आर्जन गर्दा लुम्बिनी विकास बैंकले पनि ३४ करोड २२ लाख ४० हजार, सांग्रिला डेभलपमेन्टले २७ करोड ९० लाख ६० हजार र ज्योति विकास बैंकले २३ करोड ८ लाख ५० हजार रुपैयाँ मुनाफा कमाएका छन् ।
मितेरी डेभलपमेन्ट बैंक ६ करोड ५५ लाख ४० हजार, कर्णाली डेभलपमेन्टले २ करोड ४४ लाख ४० हजार, ग्रीन डेभलपमेन्टले १ करोड ६७ लाख १० हजार र कर्पोरेट डेभलपमेन्टले १ करोड ३५ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । समीक्षा अवधिमा एक्सेल डेभलपमेन्टसहित पाँच वटा बैंक घाटामा छन् । राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै नोक्सानी एक्सेल डेभलपमेन्टले नै छ । समीक्षा अवधिमा बैंक २७ करोड १ लाख बढी नोक्सानी व्यहोरेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक ७ करोड २६ लाख ४० हजार, सिन्धु विकास बैंक ३ करोड २५ लाख, नारायणी ६५ लाख ६० हजार र साल्पा १ लाख बढी नोक्सानी देखिएका छन् ।
चालु आवको वैशाखसम्ममा फाइनान्स कम्पनीहरूको खुद मुनाफा ४१ करोड ५० लाख छ । यो मुनाफा गत चैतको तुलनामा २४.९९ प्रतिशतले धेरै हो गत चैतमा फाइनान्स कम्पनीहरूको खुद मुनाफा ३३ करोड २० लाख रुपैयाँ थियो । फाइनान्सहरूको वैशाखसम्मको खुद मुनाफा गत आवको सोही अवधिको तुलनामा भने घटेको हो । गत आवको वैशाखमा फाइनान्स कम्पनीहरूको खुद मुनाफा एक अर्ब १४ करोड रुपैयाँ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखा
मंसिर १९, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार