‘तातो हावाको लहर 'लू' प्रतिकार्यमा जुटौँ’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार १३:२१:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/hot-garmi-hita_7sbVaeqSIo_HjOa6Zr3HU.jpg)
३१ जेठ, काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ 'आइएफआरसी'को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगञ्ज, रुपन्देहीको सिद्धार्थनगर, कैलालीको धनगढी र मोरङको विराटनगरमा तातो हावाको लहर 'लू' प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत समुदायका लूबाट बच्ने उपाय र सार्वजनिक स्थानमा खानेपानी वितरण गरिरहेको छ ।
गर्मी याममा असामान्य रूपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ । बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने, हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने जनाइएको छ । साथै छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहेँलो हुने, श्वास फेर्न गाह्रो हुने र रक्तचाप कम हुने, एक सय चार डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिन सक्छ ।
सीमान्तकृत समुदाय लक्षित गरी लू सम्बन्धी जनचेतनाका गतिविधिहरू सञ्चालन भइरहेको यहाँस्थित आइएफआरसीले जनाएको छ । ‘हिट एक्सन डे’अर्थात् तातो हावा लू दिवस अवसरमा बुधबार आयोजित कार्यक्रममा आइएफआरसीका प्रमुख अजमद उल्लाले तातो हावा लूबाट प्रभावित नेपालको मधेस तराईका जिल्लामा नेपाल रेडक्रस सोसाइटी र आइएफआरसीका साझेदार राष्ट्रिय सोसाइटीहरूको सहकार्यमा प्रतिकार्य र न्यूनीकरणका गतिविधि सञ्चालन भइरहेको जानकारी दिए । उनले भने, “लू प्रतिकार्य र न्यूनीकरणका लागि यहाँका परम्परागत ज्ञान र सीपलाई उपयोगमा ल्याउँदै थप अनुसन्धान गर्नुपर्छ । यसबाट पर्ने जोखिमलाई घटाउँदै जानुपर्छ । यसका लागि समुदायलाई नै सक्षम बनाउनुपर्दछ । ”
सो कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग 'युएसआइडी'का इन्भाइरोमेन्ट एण्ड रिजिलियन्स कार्यालयका कार्यवाहक उपनिर्देशक डेभिड आरम्यानले लूबाट जोगिने उपायका बारेमा समुदायलाई पूर्वसचेत जगाउन आवश्यक रहेकामा जोड दिँदै जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने क्रम जारी रहेको बताए । उनले भने, “विश्वव्यापी समस्याका रुपमा रहेको तातो हावा लूको प्रतिकार्यका लागि सम्बन्धित सबै पक्षको सहकार्य र समन्वय आवश्यक छ ।” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले हिट एक्सनका क्षेत्रमा सरकारको सहयोगीको रूपमा नेपाल रेडक्रसले स्थानीय निकायहरूसँग समन्वय गरी प्रतिकार्यका विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तातो हावाबाट पर्ने प्रभाव र लेखाजोखा अझ गम्भीर रूपमा हुनुपर्नेमा जोड दिँदै तातो हावासँग सम्बन्धित सूचना, शिक्षा र सञ्चार सामग्री विभिन्न स्थानीय भाषामा तयार गरी प्रकाशन, प्रसारण गर्नुपर्छ भने । उनले भने, “यसका लागि सामाजिक सञ्जाल र एफएम रेडियो अझ प्रभावकारी र उपयोगी देखिएको छ । ”सो कार्यक्रममा युवा रेडक्रस सर्कलका स्वयंसेवकहरूले तातो हावाबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीका विषयमा सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा आइएफआरसीका साझेदार राष्ट्रिय सोसाइटी अमेरिकन, डेनिस, क्यानेडियन, ब्रिटिस रेडक्रसका प्रतिनिधि, युएसआइडी तथा बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका उच्च प्रतिनिधिको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअसार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
जेठ २८, २०८१ सोमबार
भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना
जेठ २८, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
धनगढीमा गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार
गृहमन्त्री लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा सहकारी ठगीसम्बन्धी अर्को उजुरी दर्ता
असार ६, २०८१ बिहिबार
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
असार ६, २०८१ बिहिबार
म सिंहदरबारमा मन्त्री र संसदमा दलका शीर्ष नेताबाट अपमानित भएः प्रधानमन्त्री
असार ६, २०८१ बिहिबार
शुक्रबार तोलाको १९ सयले बढ्यो सुनको मूल्य
असार ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा पर्यो गृहमन्त्री लामिछानेविरुद्धको रिट
असार ७, २०८१ शुक्रबार
राजदूत भागबण्डामा प्रधानमन्त्री खिन्न
असार ७, २०८१ शुक्रबार
जोखिम मोलेर साँघु तर्दै
असार ७, २०८१ शुक्रबार
आजदेखि उपत्यकामा मेलम्चीको खानेपानी पानी बन्द
असार ७, २०८१ शुक्रबार
योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री प्रचण्ड
असार ७, २०८१ शुक्रबार