ऐरीको हत्या अभियोगमा चार जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार १६:१५:३५
३१ जेठ, बैतडी । आफ्नै श्रीमती ६० वर्षीया सुना ऐरीको कुटपिट गरी हत्या गरेको अभियोगमा पाटन नगरपालिका–४ चिलेपानी बस्ने ६५ वर्षीय प्रताप ऐरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रतापले घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएकी सुनालाई बुधबार उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा उपचार पश्चात डिस्चार्ज भई अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित होटलमा बसेकोमा अचानक बेहोश भई पुनः सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको संयुक्त टोलीले प्रतापलाई पक्राउ गरेको हो ।
त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–४ मजवा फुलेखाली चोक बस्ने २४ वर्षीय गोरखलाल खड्काको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पवन केसी समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले सामान्य विवादका क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका खड्काको भारतस्थित क्रिसेन्ट हस्पिटल लखनउमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गोठीखोला र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई चक्कुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार