दश वर्षमा पनि बनेन भेरी नदीमाथिको पुल
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार १५:२८:२
३२ जेठ, त्रिवेणी 'रुकुम पश्चिम' । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ लाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण अलपत्रमा परेको छ । निर्माण कम्पनीले काम छाडेपछि कम्पनीसंग ठेक्का सम्झौता रद्द गरिएको छ ।
सडक डिभिजन कार्यालय चौरजहारीले १० वर्षसम्म पुल निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीसंगको ठेक्का सम्झौता अन्त्य गरेको हो । कार्यालयका प्रमुख तेजस्वी शर्माले देवस्थल चौरजहारी राडीज्युला डोल्पा सडकखण्डअन्तर्गत मध्यपहाडी राजमार्ग नजिकै भेरी नदीमाथि पुर्तिमकाँडा र गरायला जोड्ने पुल निर्माण अलपत्र अवस्थामा छाडिएकाले ठेक्का रद्द गरिएको जानकारी दिए ।
उनका अनुसार पुल निर्माण गर्न सपना शैलुङ जेभी ललितपुर र तत्कालीन मध्यपश्चिमाञ्चल डिभिजन सडक कार्यालय घोराही दाङबीच २०७१ साल मङ्सिर २ गतेमा सम्भौता भएको थियो । सम्झौता भएको दुई वर्षअर्थात् २०७३ पुस १ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । सो अवधिमा पुल निर्माण हुन नसकेपछि दोस्रो पटक २०७७ साल पुस १३ सम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो ।
तर १० वर्ष बितिसक्दा पनि हालसम्म पुल निर्माणको काम पाँच प्रतिशत मात्र भौतिक प्रगति भएको छ । निर्माणको काम अलपत्र अवस्थामा छाडेपछि निर्माण व्यवसायीलाई लिखित तथा मौखिकरुपमा पटकपटक अनुरोध गर्दा सम्पर्कमा नआएपछि शर्तबमोजिम दायित्व पूरा गर्न नसकेको हुँदा ठेक्का सम्झौता अन्त्य गरिएको प्रमुख शर्माले जानकारी दिए । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९५९–७० र ठेक्का सम्झौताको आधारमा ठेक्का अन्त्य गरिएको कार्यालयले जनाएको छ ।
एक सय ६० मिटर लामो आरसिसी पुल निर्माणका लागि रु १४ करोड ७४ लाखमा सम्झौता भएको थियो । पुल निर्माणको प्रगति पाँच प्रतिशत भए पनि निर्माण व्यवसायीले रु ५५ लाख भुक्तानी लिइसकेको कार्यालयले जनाएको छ । कार्यालयको तर्फबाट निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रियासमेत सुरु भएको र बाँकी कामको मूल्याङ्कन हुने र सम्पूर्ण खर्च सरकारी नियमअनुसार असुलउपर गरिने डिभिजन प्रमुख शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार