प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ: प्रहरी महानिरीक्षक कुँवर
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार १९:४८:३४
१ असार, काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन अतिआवश्यक रहेको बताएका छन् । काठमाडौंको बूढानीलकण्ठस्थित नेपाल विपस्यना केन्द्रमा आज १० दिवसीय विपस्यना ध्यान शिविरको समापनका अवसरमा महानिरीक्षक कुँवरले कार्यक्रमा सहभागी प्रहरी निरीक्षकको जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत आध्यात्मिक चिन्तनले प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।
उनले प्रहरीको जीवनशैली चुनौतीपूर्ण रहेको उल्लेख गर्दै विभिन्न कठिनाइहरूको सामना गर्नु अगाडि आत्मचिन्तन, आत्मानुभूति र तनावमुक्त हुन पाउनु एउटा अमूल्य अवसर रहेको उल्लेख गरे । “जीवनमा आइपर्ने विभिन्न बाधा, कठिनाइ, चुनौतीले धेरै उदास नहुने र प्राप्त हुने हर्ष उल्लासले वास्तविकता नबिर्सने ज्ञान र सीप प्राप्त गर्नसमेत यो ध्यान शिविरले मद्दत पुर्याउने विश्वास लिएको छु’, महानिरीक्षक कुँवरले भने,“शिविरमा सहभागी भएका प्रहरी निरीक्षकहरूले सधैँ विवेकशील र व्यावसायिक ढङ्गले आफ्नो कर्तव्यपालन गर्ने र नेपाल प्रहरीको उज्जवल भविष्यका रूपमा आफूलाई सावित गर्नसमेत यसले महत्वपूर्ण काम गर्नेछ ।”
कार्यक्रममा अवकाशप्राप्त प्रहरी महानिरीक्षक कुवेरसिंह राना र नेपाल विपस्यना केन्द्रका क्षेत्रीय आचार्य डा रूप ज्योतिले ध्यान शिविरको महत्वलगायत विषयमा मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको समन्वयमा जेठ २२ गतेदेखि सञ्चालित शिविरमा हालै दीक्षित प्रहरी निरीक्षक आधारभूत तालिम १८२औँ समूहका एक सय ४६ जनाको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार