कछुवा गतिमा काम गरिरहेको सहकारी छानबिन समितिले आज कार्यविधि पास गर्ने
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार ११:३५:४४
२ असार, काठमाडौं । गठन भएको २० दिन पुग्न लाग्दा पनि सहकारी छानबिन विशेष समितिले आफ्नो कामलाई अगाडि बढाउन सकेको छैन । गत जेठ १५ गते समिति बनेको थियो । त्यसयता समितिको कार्यादेश पुरा गर्न कसरी काम गर्ने भन्ने छलफल पनि भएको छैन ।
यसअघि बसेको बैठकले समितिको सचिवालयलाई कार्यविधि बनाउने जिम्मा दिएको थियो । त्यो कार्यविधि पारित गर्न भन्दै आइतबार समितिको बैठक बोलाइएको छ । सहकारीको बचत रकम हिनामिना र अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने समितिका सदस्य बद्री पाण्डेले नेपालबहसलाई जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा समितिको कार्यविधिमाथि छलफल गरेर पास गर्ने तयारी छ । पाण्डेले समितिले कार्यविधि पास गरेपछि आफ्नो काम विस्तृत रूपमा अगाडि बढाउने बताए । एमालेका नेता सुर्य थापा संयोजक रहेको समितिका सदस्यहरूमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान छन् ।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नै संलग्न भएको भन्दै नेपाली कांग्रेसले छानबिन समितिको माग गरेपछि गत जेठ १५ गते समिति गठन भएको थियो । ३ महिनाको समय दिइए पनि समितिले यतिको समय त्यसै गुजारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकियो
पुष २३, २०८१ मंगलबार
कास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार