म प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार १२:३०:३४
३ असार, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी संगठनभित्र सरकारी हस्तक्षेपबारे प्रष्टीकरण दिएका छन् । उनले प्रहरी संगठनमा नियमित प्रक्रियाबाहेक अरु कुनै पनि पदमा फेरबदल नहुने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग उनले प्रधानमन्त्रीले प्रहरी संगठनभित्र हस्तक्षेप गर्यो, आफ्ना मान्छे भित्र्याउन लाग्यो भन्ने कुरा गलत भएको बताए ।
सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा थुप्रै सकारात्मक काम गर्ने प्रयासमा रहेको भन्दै उनले प्रहरी नेतृत्वको काम सन्तोषजनक रहेको बताए । प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा कुनै परिवर्तन नहुने बताए । उनले भने, मैले अस्तिको दिन मात्रै आईजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो, प्रहरीको आईजीपी फेरिन्न ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस
पुष १८, २०८१ बिहिबार
मुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
पुष १९, २०८१ शुक्रबार
धौलागिरी हिमाल र आसपास क्षेत्र
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार