हुण्डी र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार १७:६:४९
३ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा एक र अनलाइन जुवा खेलाएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । फरक स्थान र समयमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको हो ।
सीआईबीले सोमबार बाराबाट पक्राउ गरेका पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुणकुमार यादवले एक वर्षमा १ अर्ब २० करोड ४२ लाख बराबरको कारोबार गरेको जनाएको छ । उनले पेवेलमार्फत १ अर्ब १७ करोड ३२ लाख र सजिलो पेमार्फत् ३ करोड ३८ लाखको कारोबार गरेको दावी सीआईबीको छ ।
उनी पेवेल र सजिलो भुक्तानी सेवाका बारास्थित एजेन्ट हुन् । उनी पक्राउ परेसँगै पेवेल र सजिलो पेका सञ्चालक, कर्मचारी र एजेन्ट गरी पक्राउ पर्नेको संख्या ७ पुगेको छ । यसअघि पेवेलका एजेन्ट बुटवलस्थित जेके मनी ट्रान्सफरका सञ्चालक लालबहादुर कुँवर पक्राउ परेका थिए । उनले एक वर्षको अवधिमा ३ अर्ब ३४ करोडको कारोबार गरेको भेटिएको थियो ।
यसअघि सीआईबीले एकै दिन सजिलो पेवेलका दुई वटा भुक्तानी सेवाका ६ जनालाई पक्राउ गरेको थियो । २५ जेठमा सीआईबीले पेवेलका अध्यक्ष भीमप्रसाद तिमिल्सिना, सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य र सञ्चालक समिति सदस्य सुरज शमशेर जबरालाई पक्राउ गरेको थियो । सोही दिन सजिलो पेका सञ्चालक सुशील जाकीबञ्जा, कार्यकारी प्रमुख अधिकृत कश्यप मानन्धर र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा पनि पक्राउ परेका थिए ।
सीआईबीको अनुसन्धानका क्रममा पेवेलले २७ अप्रिल २०२३ देखि हालसम्म करिब एक वर्ष अवधिमा ८२ अर्बको कारोबार गरेको फेला परेको छ । जसमा ६१ अर्ब ५० करोड रुपैयाँ नगद जम्मा भएको छ । जसमध्ये १ अर्बको त भौचर नै भेटिएको छ । कनेक्ट आईपीएसमार्फत ४ अर्बको कारोबार भएको छ ।
यता, अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरिएकाहरुमा रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका–५ का २२ वर्षीय अभिषेक जैसवाल, रुपेन्देहीको ओमसतिया गाउँपालिका–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी रहेका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिका–८ का २८ वर्षीय प्रतिक बस्याल र काठमाडौं महानगरपालिका–३० का २९ वर्षीय सजल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका हुन् । वुल्फ ७७७ अनलाइन क्यासिनोमार्फत उनीहरुले अनलाइन जुवा खेलाएको पाइएको सीआईबीको दावी छ ।
विभिन्न व्यक्तिहरुको बैंक खाताको क्युआर कोड सामाजिक सञ्जालमार्फत पठाइ अनलाइन जुवा खेलाएको आरोप उनीहरुमाथि छ । यो समूहले करिब २ महिनाकै अवधिमा २४ करोडको अनलाइन जुवा खेलाएको पाइएको छ । पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गतको जुवा तथा सट्टे बाजी खेल्न नहुने कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार