सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १३:३:४१
४ असार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको आयोजनामा पतञ्जली योग समितिले‘१०औँ अन्तर्राष्ट्रिय योग दिवस’को अवसरमा प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ रंगशालामा योग विज्ञान शिविर संचालन गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको योग विज्ञान शिविरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, पतञ्जली योग समितिका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, सिनियर तथा जुनियर अधिकृत तथा विल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।
महानिरीक्षक अर्यालले शारीरिक रुपमा स्वास्थ्य, मानसिक तवरणले शान्त र आध्यात्मिक हुनुको लागि योग अभ्यास निकै आवश्यक रहेको बताउँदै योगले राष्ट्रसेवक कर्मचारीहरूलाई समेत उर्जा प्रदान गर्ने बताए ।
उनले विगत केही वर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण युनिटहरूमा अन्तर्राष्ट्रिय योग दिवस तथा अन्य अवसरहरूमा समेत योग अभ्यास संचालन गर्दै आइरहेको चर्चा गर्नुहुँदै सुरक्षा निकायमा गरिने कसरत र अभ्यासले शारीरिक रुपमा तन्दुरुस्त बनाउने र मानसिक रुपमा तन्दुरुस्त हुन योग अभ्यास आवश्यक रहेको बताए ।
महानिरीक्षक अर्यालले निकट भविष्यमा समेत सशस्त्र प्रहरी बल नेपाल र पतञ्जली योग समितिको सम्बन्ध अझै बढि प्रगाढ हुने विश्वास व्यक्त गर्नुहुँदै योग शिविर संचालनमा प्रत्यक्ष रुपमा सहयोग पुर्याउने पतञ्जली योग समिति तथा योग गुरुहरूप्रति हार्दिक आभार प्रकट गरे ।
सोही अवसरमा पतञ्जली योग पिठका ट्रष्टी ई.शालिग्राम सिंह र पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
सशस्त्रमा चार डीआईजीको म्याद थपमा अवरोध कायमै, रोक्ने लविङमा एसएसपीहरु नै सक्रिय
पुष १८, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
पुष १९, २०८१ शुक्रबार