नेप्से १८ दशमलव ७६ अंकले घट्यो
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १६:२०:४५
४ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को विन्दुमा कायम भएको हो ।
परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ । आज तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात सय ३४ कित्ता शेयर ५८ हजार एक सय १९ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार आठ सय ८४ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । बैंकिङ एक दशमलव १६, विकास बैंक शून्य दशमलव ८७, वित्त एक दशमलव शुन्य चार, होटल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत शून्य दशमलव ८७ र लगानी समूहको उपसूचक शून्य दशमलव ८२ प्रतिशतले घटेको छ ।
त्यस्तै जीवन बीमा समूह शून्य दशमलव ९८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६४ र म्युचुअल फन्ड शून्य दशमलव ७२ प्रतिशतले घटेको छ । निर्जीवन बीमा शून्य दशमलव ८३, व्यापार शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ ।
आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको रु ११ करोड २७ लाख ९८ हजार सात सय ८२ बराबरका तीन लाख ६२ हजार एक सय २४ कित्ता शेयर किनबेच भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
जापान एयरलाइन्समा साइबर आक्रमण, दर्जनभन्दा बढी उडानमा ढिलाइ
पुष ११, २०८१ बिहिबार
१०० दिने अभियान नसकिएका जिल्लामा माघ १६ सम्म कांग्रेसले थप्यो म्याद
पुष ११, २०८१ बिहिबार
जाडोमा घाममा धेरै बेरसम्म बस्नु हुन्छ ? होसियार, क्यान्सर निम्त्याउन सक्छ
पुष ११, २०८१ बिहिबार
माग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
पुष ११, २०८१ बिहिबार
गलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
शैक्षिक केन्द्र बन्दै बर्दिबास
पुष ११, २०८१ बिहिबार