प्रहरीको चेन अफ कमान्ड तोडेर गृहमन्त्रीले सय दिनमा सरुवा आतंक मच्चाएः केसी
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १६:३१:४१
४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैलाएको बताएका छन् । उनले जुन ढंगको सरुवा आतंक, प्रशासनलाई निरीह छायाँ बनाउने र सुरक्षा अंगहरूमा चेन अफ कमान्ड ब्रेक गर्ने र प्रमुखहरू माथि नै वक्रदृष्टि राख्ने खालको स्थिति बनाएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिने क्रममा सांसद केसीले प्रहरीको कानूनविपरीत जथाभावी सरुवा किन गरेको भनेर प्रश्न गरे ।
गृह मन्त्रालयको १०० दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरूको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै केसीले आक्रोश व्यक्त गरे । गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडियोलाई परिवर्तन गरेर सरुवा आतंक मच्चाएको उनको भनाइ छ ।
उनले भने, ‘सरकारले यो १०० दिनको अवधिमा मैले गृह मन्त्रालयको १०० दिनको प्रस्तुति सबै पढेँ । दैनिक गर्नुपर्ने कार्यको फेहरिस्त छ । तर नयाँ ढंगले जुन उत्साह, प्रतिबद्धता, जनप्रिय नाराका साथ गृहमन्त्रीसहितको नयाँ टीम प्रवेश गरेको थियो । मैले १०० दिनको कार्यक्रममा कुनै पनि पाएन । सय दिनमा १७ चोटी प्रहरी परिवर्तन भए । ३४ सय भन्दा बढी प्रहरी यो तीन महिनाको अवधिमा परिवर्तन भए । ६६ जना सिडियो र सहायक सिडियो परिवर्तन भएका छन् । १०० दिन भित्र यत्रो परिवर्तनको आवश्यकता किन ।’
प्रहरीको चेन अफ कमान्ड नै कमजोर बनाउन खोजिएको केसीको भनाइ थियो । अहिले सरुवा आतंक, आतंक मात्र होइन प्रहरीभित्रको चेन अफ कमान्डलाई लाचार छायाँ बनाउने खालको जुन काम गरिएको छ त्यो गृहमन्त्रीबाट आशा गरिएको होइन । सरुवा आतंक, प्रशासनलाई निरीह छायाँ बनाउने र सुरक्षा अंगहरूमा चेन अफ कमान्ड ब्रेक गर्ने र प्रमुखहरू माथि नै वक्रदृष्टि राख्ने खालको स्थिति खराब भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली छाडेर भीम रावलको मातृभूमि जागरणतिर लागे एमालेका ५९ जना नेता, नामावलीसहित
माघ ७, २०८१ सोमबार
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
माघ ७, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
अवकाशबाट जोगिएका डीआईजी गणेश ठाडामगर सशस्त्रमा सर्वोत्कृष्ट ठहरिए
माघ ६, २०८१ आइतबार
फेरी ओलीतिरै फर्किए वामदेव गौतम, भन्छन कुरा मिल्यो
माघ ६, २०८१ आइतबार
गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
एभरेष्ट बैंकको २ अर्बले नाफा बढ्यो
माघ ७, २०८१ सोमबार
ओली छाडेर भीम रावलको मातृभूमि जागरणतिर लागे एमालेका ५९ जना नेता, नामावलीसहित
माघ ७, २०८१ सोमबार