सशस्त्र प्रहरीका यी एसएसपीः आफू भए सबै ठीक, नभए संगठन नै बेठीक !
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १६:५२:२२
३ असार, काठमाडौं । सशस्त्र प्रहरीभित्र एउटा यस्ता कर्मचारी छन्, जुन कर्मचारी आफ्नो जागिरप्रति कहिल्यै सन्तुष्ट बन्न सकेका छैनन् । जागिरे जीवनको लामो समय विभागमा बिताएर पनि जागिर खाएर के हुन्छ भन्दै मातहत निकायलाई हतोत्साहित गराउने तर आफू भने महत्वपूर्ण जिम्मेवारी लिनका लागि मरिहत्ते गर्ने गरेका उदाहरण प्रशस्तै छन् ।
जहाँ जति बेला पनि नेताहरूको चाकडीमा पुगिहाल्ने र जिम्मेवारी लिइहाल्ने तर मातहत तहमा भने यसबाट केही हुँदैन केटा हो, आफ्नो ख्याल आफैं गर भन्दै प्रशिक्षण दिने गरेको बताइन्छ । यस्तै मध्येका पात्र हुन्, गोरखा घर भएका हाल कैलालीमा कार्यरत एसएसपी उद्धव न्यौपाने ।
सशस्त्र प्रहरी स्रोतका अनुसार सरकारी कर्मचारी त अफिसमा हुनुपर्ने हो, त्यही माथि सुरक्षा निकायका उपल्लो दर्जाका अधिकृत त झन् धेरै समय कार्यालयमा बस्नु पर्ने हो तर सशस्त्र प्रहरीमा त्यसो भएको छैन । संगठन प्रति अत्यन्तै नकारात्मक सोच भएका सशस्त्र प्रहरीका एक एसएसपीको धन्दा र दैनिकी अहिले कार्यालयमा होइन नेताको घरमा हाजिर लगाउने भएको छ । विगतमा फाइदा नहुने देखेपछि शान्ति मिसनमा नाम कटाउँदै आएका न्यौपाने अहिले कमान्डर पाएपछि भने मिसन पुगेको स्रोतको दावी छ ।
स्रोतका अनुसार एक बर्ष मिसन बसेर आएका उनी अहिले सम्बन्धित दरबन्दीमा जानुको सट्टा नेताको दैलो चाहर्दै हिँडेका छन् । गत वैशाख १८ गते सशस्त्रले १८ जना एसएसपीको सरुवा गर्यो । ुसधैं शक्तिकेन्द्रको आडमा कमाउ अड्डा र काठमाडौंमा बसेर जागिर खान पल्केका एसएसपी न्यौपानेको दरबन्दी सुदूरपश्चिम बाहिनी पर्यो । त्यसपछि उनको बहानाबाजी शुरु भयो । शक्तिकेन्द्र धाएर मस्ती गर्ने तर संगठन प्रति सधैं नकारात्मक सोच राख्ने अनि सधैं मैले केही पाइन भन्ने उनी अहिले सम्बन्धित दरबन्दीमा नजानको लागि नेताको घर घर चाहर्दै हिँडेका हुन् ।ु स्रोतले भन्यो ।
स्रोतका अनुसार ुडीएसपी हुँदा नै तनहुँको गणमा निमित्त गणपति भएर ६ महिना गणपति चलाएका बेला तालिमे सिपाहीको पास आउट हुने खर्च र राशनमा व्यापक अनियमितता गरेको आरोप लागेपछि नेपाली कांग्रेसका नेताहरूको घर घर पुगेका थिए । त्यहाँबाट जोगिएका न्यौपानेले कांग्रेसलाई नै गाली गरेर दिन बिताउन थालेका थिए । त्यतिबेला सिपाही पास आउट पछि बाँकी रहेको रकम ६ महिनासम्म राशनमा मस्ती गरेको स्रोतको दाबी छ । त्यसपछि जमल स्थित बाघभैरव गुल्मको कमान्डर हुँदा पनि राशन र गुल्मको बजेटमा उनले आँखा गाडेका थिए । एसपी भएपछि सप्तरी पुगेका उनी त्यसबेला कमान्ड दोहोर्याएर नदिने नियमलाई कुल्चँदै शक्तिकेन्द्रको आडमा भक्तपुर गणको कमान्डर भएका थिए ।ु
त्यहाँ उनी कांग्रेस नेताहरूको कुरा काटेर दिन बिताउने गरेको उनीमाथि आरोप छ । थर मिलेकै आधारमा तत्कालीन गृहसचिव महेश्वर न्यौपानेलाई दाइको नाता लगाउँदै उनी दोस्रो पटक गणपति भएको सशस्त्र प्रहरीमा चर्चा हुने गरेको छ । स्रोतका अनुसार अहिले पनि बाहिनी आफैंले चलाउन पाए उहिले नै जान्थे तर डीआईजी कमान्डर हुने भएकोले उनी अहिले नेताको घर घर चाहर्न थालेका हुन् । संगठनमा आएर अकुत कमाए तर मातहतमा निरीक्षण जाँदा समेत आफू मातहतका कर्मचारीलाई हिनताबोध हुने गरी अभिव्यक्ति दिने गरेका छन् । ‘संगठनमा केही छैन , यहाँ बसेर केही हुन्न बिजोक छ’, उनले ब्रिफिङको क्रममा भन्ने गरेको स्रोतको दावी छ ।
उनी सम्बन्धित कार्यालयमा हाजिर हुन नगए पनि प्रशासन विभाग प्रमुख एआईजी चन्द्र प्रकाश गौतम मौन छन् । उनको आदेश साना कर्मचारीलाई मात्र हो, ठूलालाई होइन , मुख्यालय श्रोत भन्छ । ‘प्रशासन विभाग गौतमकै कारण अस्तब्यस्त बनेको आरोप छ । अहिले कतिपय गणमा डीएसपी छैनन् , गुल्ममा इन्स्पेक्टर छैनन् तर भ्यालीका युनिटमा अफिसर धेरै भएर सुत्ने ठाउँ छैन’, स्रोतले भन्यो ।
पहिले तराइ बसेर कमाउ धन्दामा मात्र सीमित भएका र २०र२२ बर्षसम्म भ्याली नछिरेका अधिकृत अहिले कमाण्डको समान अवसर पछि भ्यालीका युनिटमा थुप्रिएको स्रोतको दाबी छ । यसलाई गौतमले मिलाउन नसक्दा बाहिरका गणपति बिदा जाँदा इन्सपेक्टरलाई , गुल्मपति बिदा जाँदा सईलाई चार्ज बुझाउनुपर्ने अबस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार