दूधको भुक्तानी माग्न डीडीसीको कार्यालय लैनचौर पुगेका किसानमाथि प्रहरीको धरपकड
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार १०:२३:४०
५ असार, काठमाडौं । दूधको भुक्तानी माग्न गएका दुग्ध किसानहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका थिए ।
केन्द्रीय दुग्ध सहकारी संघको अगुवाइमा पूर्व निर्धारित कार्यक्रमअनुसार बुधबार डीडीसीको कार्यालयमा तालाबन्दी र घेराउ गर्न जाँदा दुग्ध किसानहरूलाई प्रहरीले पक्राउ गरी सोर्हखुट्टे प्रहरी कार्यालयमा लगेको छ । किसानहरू केन्द्रीय कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोक्न खोजेको थियो ।
त्यस क्रममा प्रहरी र किसानबीच सामान्य झडपसमेत भएको छ । प्रहरीले किसानलाई लछार पछार गर्दै धरपकड गरेको थियो । संघका महासचिव राम आचार्यका अनुसार शान्तिपूर्ण आन्दोलनमा डीडीसीले हस्तक्षेप गरी करिब डेढ सय जना किसानलाई पक्राउ गर्न लगाएको बताए ।
विभिन्न जिल्लाबाट ५ सयको संख्यामा बिहानैदेखि डीडीसीको केन्द्रिय कार्यालयमा जम्मा हुँदै थियौं, हामी शान्तिपूर्ण आन्दोलन सुरु गर्न नपाउँदै डीडीसीको निमित्त महाप्रबन्धक राजेन्द्र अधिकारी र अध्यक्ष बेदबहादुर क्षेत्रीको उजुरीको आधारमा प्रहरीले करिब डेढ सय किसानलाई पक्राउ गरी सोर्हखुट्टे प्रहरी कार्यालय लगेको छ,उनले भने ।
आचार्यले दूध खरिद गरेवापत बक्यौंता रकम माग्न शान्तिपूर्ण आन्दोलन गर्दा डीडीसीले किसानहरुसँग अभद्र व्यवहार र पक्राउ गरेको घटनाप्रति खेद व्यक्त गरे । अहिले प्रहरीले डीडीसीलाई चारैतर्फबाट घेरा हाली सुरक्षा प्रदान गरेको छ । उता किसानहरु पनि ठूलो संख्यामा लैनचौर क्षेत्रमा जम्मा भइरहेका छन् ।
डीडीसीले किसानलाई दूध खरिद गरेवापत करिब ७ महिनाको २ अर्ब हाराहारीमा भुक्तानी गर्न बाँकी छ । दुग्ध किसानहरुले जेठ २५ गतेदेखि असार ४ गतेसम्म देशभर नै हातमा कालोपट्टी बाँधेर दूध संकलनको कार्यक्रम आयोजना गरेको थियो ।
यसअघि अर्थ मन्त्रालयले वार्षिक ५ प्रतिशत ब्याजदरमा डीडीसीलाई ३० करोड रुपैयाँ उपलब्ध गराएको थियो । चैत अन्तिम सातासम्म डीडीसीले किसानलाई १ अर्ब ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । त्यसमध्ये डीडीसीले सरकारबाट प्राप्त गरेको ३० करोड र आन्तरिक स्रोतबाट ७ करोड परिचालन गरी ४० करोड रुपैयाँ किसानलाई भुक्तानी गरेको थियो ।
अर्कोतर्फ नीजि क्षेत्रका डेरी उद्योगहरुबाट पनि करिब ४ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । चैतको अन्तिम सातासम्म नीजि क्षेत्रबाट भुक्तानी नहुँदा ३ अर्ब ६० करोड रुपैयाँ पुगेको थियो । नियमअनुसार किसानलाई हरेक १५ दिनको अन्तरालमा दुध खरिद गरेवापतको रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर डीडीसीदेखि नीजि क्षेत्रका डेरी उद्योगहरुले ५ देखि ७ महिनाको भुक्तानी गर्न नसकेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार