विजय माल्याका छोरा सिद्धार्थ वैवाहिक बन्धनमा बाँधिदै
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार ११:२१:२९
५ असार, काठमाडौं । भारतबाट भागेर लन्डनमा बसिरहेका विजय माल्या अहिले फेरी चर्चामा रहेका छन् । यस पटक उनको चर्चा भने कारोबारको कारण नभएर उनको छोराको कारणले हो । उनका छोरा सिद्धार्थ माल्या विअवाहिक बन्धनमा बाधिन लागेको विषय अहिले सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ ।
सिद्धार्थले लामो समयदेखिकी प्रेमिका जास्मिनसँग विवाद गर्न लागेको जानकारी दिएका छन् । सिद्धार्थको विवाह यसै साता हुने बताइएको भएपनि स्थान र समय भने खुलाइएको छैन । रिपोर्टका अनुसार विवाह लन्डनमा हुने बताइएको छ ।
सिद्धार्थले यस अघि २०२३ को नोभेम्बरमा जस्मिनसँग इन्गेजमेन्टको घोषणा गरेका थिए । लस एन्जल्समा जन्मिएका सिद्धार्थ लन्डन र युएईमा हुर्किएका थिए । सिद्धार्थले लन्डनको वेलिंगटन कलेज र क्विन मेरी युनिभर्सिटीबाट अध्ययन गरेका छन् भने रोयल सेन्ट्रल स्कुल अफ स्पीच एण्ड ड्रामाबाट अभिनय सम्बन्धि पढाई गरेका छन् ।
सिद्धार्थको एक समय बलिउड अभिनेत्री दीपिका पादुकोणसँग अफ्येर्स रहेको चर्चा थियो । २०११ को आइपिएलमा सिद्धार्थले दीपिकालाई सार्बजनिक रुपमा किस गरेको तस्बीर निकै चर्चित भएको थियो । तर छोटो सम्बन्ध पछि उनीहरू अलग भएको बताइएको थियो ।
भारतको चर्चित युबी समुहका चेयरम्यान तथा आइपिएल टिम आरसिबीका मालिक रहेका विजय माल्या भारतमा बैंकबाट लिएको ऋण नतिरेको आरोप लागेपछि लन्डन बसेका छन् । उनलाई भारत ल्याउन बह्र्ट सरकारले कानुनी लडाई लडिरहेको भएपनि अहिलेसम्म सफल हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म भूल भुलैया-३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक
असोज ९, २०८१ बुधबार
भारतबाट 'लापत्ता लेडिज' ओस्कारमा
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यका र अन्य भागमा गरी अहिलेसम्म ३० जनाको मृत्यु, ११ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
डेंगु नियन्त्रण नीति निर्माण गर्न डाक्टर शेरबहादुर पुनको नेतृत्वमा कार्यदल गठन
असोज १२, २०८१ शनिबार
मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना
असोज १२, २०८१ शनिबार
काठमाडौँ उपत्यकाबाट ७५० जनाको सकुशल उद्दार, प्रतिकार्य कमाण्ड पोष्ट सक्रिय
असोज १२, २०८१ शनिबार