म सिंहदरबारमा मन्त्री र संसदमा दलका शीर्ष नेताबाट अपमानित भएः प्रधानमन्त्री
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १४:३३:९
६ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मन्त्रिमण्डलका सदस्य र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले आफूलाई अपमान गरेको बताएका छन् । बजेटमा आफूले भनेका कुरा मन्त्रीले नटेरेको र संसदमा प्रधानमन्त्री बोल्ने समयमा अरु दलका शीर्ष नेता उपस्थित नहुनुले प्रधानमन्त्रीको अपमान भएको उनको बुझाइ छ ।
संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरू उपस्थित नभएकोप्रति उनले असन्तुष्टि व्यक्त गर्दै आफू दुवैतिरबाट अपमानित भएको आशय प्रकट गरेका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा सत्ता पक्ष तथा प्रतिपक्षका सबै नेताहरु उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यो परम्परा विस्तारै कम हुँदै गएको र यसले आफैंलाई अपमान गर्दै लागेको टिप्पणी गरे ।
उनले यो परम्परा पछिल्ला दिनहरूमा तोडिँदै गएको बताउँदै यसले प्रधानमन्त्रीको अपमान नभएर आफैंले आफैंलाई अपमान गर्दै गएको हुने बताएका हुन् । उनले यस्ता कार्यले प्रधानमन्त्री पदको अपमान हुने दावी गरे । प्रधानमन्त्री प्रचण्डले आफूले भन्दा भन्दै पनि स-साना आयोजनाहरूमा बजेट दिएर मन्त्रीहरूले आफूलाई नटेरेको बताए । उनले ३ करोड रूपैयाँभन्दा कमका आयोजना प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता मन्त्रीहरूले तोडेको बताए ।
सांसदहरूले बजेटमा स-साना आयोजना परेको विषयमा प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले बजेटमा आफूले चाहे जस्तो नभएको भन्दै यसको निम्ति थप प्रयास गरिने बताए । ‘माननीय मन्त्रीजीहरुले पनि योजना निर्माण गर्दा, कार्यक्रम बनाउँदा प्रधानमन्त्रीकै निर्देशनलाई गम्भीरतापूर्वक नलिएको देखियो । आफूले भन्दा भन्दै पनि स-साना आयोजना राखिए । यो राम्रो भएन ।’
जे भएको छ, ठीक भएको छ भन्ने पक्षमा आफू नभएको भन्दै उनले परिमार्जन आवश्यक रहेको बताए । उनले प्रयास जारी छ भन्दै स-साना आयोजनाहरू संघले कार्यान्वयन नगर्ने, प्रदेश र स्थानीय तहलाई कार्यान्वयन गर्न दिने व्यवस्था लागु गर्ने बताए । बजेटमा मन्त्रीको हस्तक्षेपप्रति उनले असन्तुष्टि जनाए । प्रधानमन्त्रीप्रति मन्त्री र अरु दलका नेताले सम्मान नदिने परम्परा बस्नु दुखद भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
पुष १९, २०८१ शुक्रबार
युद्ध बिराम उलङ्घन गर्दै इजरायलद्वारा लेबनानमा बमबारी जारी
पुष १९, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार
मुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
पुष १९, २०८१ शुक्रबार
धौलागिरी हिमाल र आसपास क्षेत्र
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार