राजदूत भागबण्डामा प्रधानमन्त्री खिन्न
नेपालबहस संवाददाता
असार ७, २०८१ शुक्रबार ११:५:३७
७ असार, काठमाडौं । सत्ता सहयात्री दल नेकपा एमाले र रास्वपाले नाम दिए भने ११ देशका लागि शुक्रबार राजदूतहरु नियुक्तिका लागि सिफारिस गर्ने तयारीमा सरकार छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने स्वयं यो भागवण्डाबाट सन्तुष्ट देखिएका छैनन् । बिहीबार साँझ राजदूत भागबन्डा गर्दा माओवादीले एक जना मात्र पायो ।
माओवादीका एक नेताले भने, जो प्रधानमन्त्री छ, उसले एक जना मात्र राजदूत पाउने कुराले राजनीतिमा राम्रो सन्देश जाँदैन, यसले प्रधानमन्त्रीको मोरल डाउन गरेको छ । सत्ता सहयात्री दलले पनि सोच्नुपर्ने कुरा हो । देशको प्रधानमन्त्रीलाई ट्र्यापमा पार्ने काम भयो । उता, एमालेले भने माओवादीबाट राजदूत भएकाहरू यथावत रहेकाले एक जना पनि सम्मानका लागि दिएको बताएका छन् । मन्त्री बनाउँदा भएको सहमति अनुसार हो भने एमालेले १० जना राजदूत पाउनुपर्ने हो ।
यसअघि १० सांसद बराबर एक मन्त्रीमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग सहमति गरेका थिए । तर, विस्तारै प्रचण्ड प्रधानमन्त्री भएपनि सरकारमा उनको बोलवाला चल्दैन भन्ने कुरा प्रष्ट हुँदै आएको छ । प्रधानमन्त्री आफैले पनि ओलीसँग काम गर्न असहज भइरहेको कुरा पार्टीमा सुनाउँदै आएका छन् । बजेटमा मन्त्रीले नै आफूलाई नटेरेको कुरा उनी स्वयंले संसदमा बताएका थिए । सत्ता सहयात्री दलका नेता केपी ओलीले प्रधानमन्त्री प्रचण्डलाई कति मान्यता दिएका छन भन्ने कुरा बिहीबारको प्रतिनिधिसभामा पनि देखियो ।
संसद भवनभित्र भएर पनि ओली प्रधानमन्त्रीले सम्बोधन गर्दा हलमा देखा परेनन् । उनी संसदमै थिए । सहयात्री दलका नेताले आफूलाई अपमान गरेको कुरा प्रधानमन्त्री प्रचण्डले रोष्टमबाटै ओकलेका थिए । । राजदूतमा मात्र हैन प्रधानमन्त्रीले मन्त्रिपरिषदमा पनि आफ्नो निर्णय गर्न पाएका छैनन् । उनी एक साताअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्न चाहन्थे तर, पाएनन् । कारण हुन ओली । एक मन्त्रीका अनुसार मन्त्री परिषदमा जाने विषय र गरिनुपर्ने निर्णयमा पनि प्रधानमन्त्रीसँग पावर छैन ।
मन्त्रिपरिषद बैठक बस्नु अघि एमाले अध्यक्ष ओली सिंहदरबार वा बालुवाटार जहाँ भएपनि पुग्छन् । ओली पुगेर प्रधानमन्त्रीसँग विषयका बारे कुरा नगरेसम्म नियमित बैठकसमेत बस्दैन । ओलीबाट पास गराएपछि मात्र ति विषय मन्त्रिपरिषदमा एजेण्डाका रुपमा जान्छन् । आज पनि अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । ओलीले नाम दिए भने राजदूत सिफारिसको निर्णय हुन्छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने मन्त्रिपरिषद्को बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्दै आएको थियो । यो साता सोमबार नबसेको बैठक आज बस्न लागेको उनले बताए । आजको बैठकले रिक्त ११ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी छ । बिहीबार बेलुका प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले राजदूत भागबन्डा टुङ्ग्याएका थिए ।
जसअनुसार एमालेले ८, रास्वपाले २ र माओवादीले एक राजदूत पाउने सहमति छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती स्थानमा राजदूत नियुक्तिका लागि सिफारिस गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
पुष १९, २०८१ शुक्रबार
मुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
पुष १९, २०८१ शुक्रबार
धौलागिरी हिमाल र आसपास क्षेत्र
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार