बर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
दीपक शर्मा
असार ७, २०८१ शुक्रबार १२:५२:१३
७ असार बर्दिया । बर्दियामा लामो समय पछि आएको पानिले केहि राहत दिएपनि पानी संगै आएको हावाहुरीले भने क्षति पुर्याएको छ । हावा हुरीका कारण मानवीय क्षति नभए पनि केहि मानिस सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
हावा हुरीका कारण बर्दिया गुलरिया नगरपालिका वार्ड न ४ तुलापुरमा रहेको फूलवारी एफएमको टावर ढलेका कारण पूर्ण रुपमा क्षति भएको छ । हावा हुरीका कारण गुलरिया नगरपालिका ७ चौगुर्जि गाउँका ७२ वर्षिय पलिराम गोडिया अनुहार र पेटमा सामान्य चोट लागेको छ ।
सोहि स्थानका ७१ वर्षिय जावरा धोवीको बरण्डाको पर्खाल भत्किँदा बायाँ खुटटामा चोट लागेको छ । सोहि स्थानका ५५ वर्षिय आशकल धोवीको बाया हातमा चोट लागेको छ । गुलरिया नगरपालिका ७ चौगुर्जि गाँउका ७० वर्षिय कल्लु गोडिया घर तर्फ जादै गर्दा फलामको रडले पेट , बाँया आखामा चोट लागेको प्रहरीले जनाएको छ । यसै गरी सोहि स्थानका २३ वर्षिय माधुरी लोधको आफनै घरको टायल खस्दा बाया खुटटामा चोट लागेको छ । सोहि स्थानका सलिम अन्सारीको ७ वटा जस्तापाता हावाहुरीले उडाई क्षति पुर्याएको छ ।
यसै गरी रानी भुजुवाको घरको १० वटा जस्तापाता उडाएको प्रहरीले जनाएको छ । शिव कुमार राठौरको गोठको ५ वटा जस्तापाता उडाएका छ । युनु अहमदको घरको १२ वटा जस्तापाता उडाएको सोहि स्थानका नसिंह शाहको भान्सा घरको जस्तापाता उडाएको छ । गुलरिया ७ कै ३४ वर्षिय चुन्नु नाउको घरको सवै जस्तापाता उडाएपछि खुला आकास मुनि वसीरहेका छन ।
यसै गरी बढैयाताल गाँउपालिका ७ निवासी गोकुल प्रसाद यादवको गोठको जस्ता पाता उडाएको छ । हावाहुरीका कारण विद्युतका पोल समेत ढलेपछि बिहीवार बेलुकी ५ वजे पछि मात्रै विद्युत सेवा सुचारु भएको छ । प्रहरीका अनुसार क्षतिको विवरण आउन बाँकी रहेको छ ।
दीपक शर्मा
विगत लामो समयदेखि पत्रकारितामा सक्रिय शर्मा बर्दियाबाट नेपालबहस डटकमका लागि रिर्पोटिङ गर्छन् ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
बाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
रामचरणको गेम चेञ्जरलाई टक्कर दिँदै अघि बढ्यो बालकृष्णको ‘डाकु महाराज’
माघ २, २०८१ बुधबार
सिवाईसी नेपाल लघुवित्तको स्थगित साधारण सभा माघ १२ गते बस्ने
माघ २, २०८१ बुधबार