दुग्ध किसानका साथमा किसान महासंघ
यज्ञप्रसाद भट्टराई
असार ७, २०८१ शुक्रबार १४:५७:५९
७ असार, झापा । नेपाली किसानहरूले लामो समयदेखि ब्यहोर्दै आइरहेको दूधको भुक्तानीका विषयलाई लिएर नेपाल किसान महासंघले बिगत लामो समयदेखि आन्दोलन, धर्ना र जुलुसका माध्यमबाट नेपाल सरकारलाई दवाव दिँदै आइरहेको छ । किसान र मजदुरको मत लिएर सत्तामा उक्लिएकाहरुबाटै निरन्तर किसान, मजदुरहरू पिडित बन्दै जानुपरेको तीतो यथार्थतालाई मध्यनजर गर्दै नेपालको एनमात्र किसान संगठन नेपाल किसान महासंघ देशै भरिका किसानका समग्र समस्याहरूलाई समेत अत्यन्तै गम्भिरताका साथ उठाई रहेको देखिन्छ ।
संघर्षकै माध्यमद्वारा विगतमा नेपाली किसानहरुको दूधको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्णय गराउन बाध्य पारेको नेपाल किसान महासंघले अहिलेसम्म पनि सरकारले सम्झौता बमोजिमको किसानहरुको दूधको बक्यौता रकम वास्तविक पीडित किसानहरूका हातमा नपरेपछि पुनः आन्दोलनमा होमिनु परेको नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले बताएका छन् ।
यसैको निरन्तरताको क्रममा नेपाल किसान महासंघले भर्खरै मात्रै देशका ७७ वटै जिल्लाहरूमा महासंघका जिल्ला समितिहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत र ७ वटै प्रदेश समितिहरुले प्रदेशका मुख्यमन्त्री मार्फत अनि केन्द्रमा नेपाल किसान महासंघको केन्द्रीय समितिले सिधै कृषि तथा पशुपक्षी बिकास मन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको नेपाल किसान महासंघका केन्द्रीय प्रबक्ता आरबि रावलले बताएका छन् ।
नेपाल किसान महासंघमा गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति मार्फत नेतृत्वमा आएपछि देशैभरी नेपाली किसानहरुका समस्याहरु निरन्तर रुपमा उठान भैरहेको देखिन्छ । केन्द्रदेखि प्रदेश र जिल्लतहसम्मका समितिहरुले सकृयताका साथ किसानहरुका सवाल उठान गर्न थालेपछि अहिले भने नेपाली किसानहरुले राजनीतिक रुपमा आप्mनो अभिभावक पाएको महशुष गर्न थालेको जिल्ला तहका किसान नेताहरु बताउँछन् ।
विगतमा लम्पी स्किन रोगबाट पिडित बनेका किसानहरू, लामो समयसम्म भुक्तानी नपाएर आन्दोलित बनिरहेका उखु किसानहरूलाई बक्यौता रकम सहित किसान अधिकार दिलाउँदै आइरहेको नेपाल किसान महासंघले यसपटक दुग्ध किसानले आफुले पशुपालन गरि अत्यन्तै दुःख गरेर बिक्री गरेको दुधको महिनौसम्म पनि भुक्तानी नपाएपछि पुनः दुग्ध किसानहरुको बक्यौता रकम भुक्तानी गराउन महासंघ सडक आन्दोलमा निस्कनु परेको नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले बताएका छन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपउखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
दशैँ अगाडी उखु र दूग्ध किसानको बक्यौता रकम भुक्तानी गर्न २ अर्ब निकासा
असोज ११, २०८१ शुक्रबार
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० जना बेपत्ता
असोज १२, २०८१ शनिबार
लगातार वर्षा हुँदा माथिल्लो मनाङमा हिमपात, जनजीवन प्रभावित
असोज १२, २०८१ शनिबार
‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत सार्वजनिक
असोज १२, २०८१ शनिबार