युनियन र चौतारी निरीह बन्दा माओवादी षडयन्त्रको शिकार भयो पत्रकार महासंघ
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार १२:४९:१६
९ असार, काठमाडौं । संसदमा तेस्रो दल भएरपनि कहिले कांग्रेस त कहिले एमालेलाई भुलाएर लगातार सत्ता सुख भोग्दै आएको माओवादीले पत्रकारहरूको संस्था नेपाल पत्रकार महासंघलाई ध्वस्त बनाउने रणनीति लिएको छ । जसरी पनि महासंघ हत्याउने माओवादीको प्रयासले इतिहासमै पहिलो पटक पत्रकारहरूको संस्था अत्यधिक बदनाम हुन पुगेको छ ।
महासचिवका रूपमा भएर असफल साबित भइसकेका माओवादी निकट पत्रकार रोशन पुरी अध्यक्ष भइ छाड्ने प्रयासमा छन् । प्रचण्डका खास मानिस भएकाले उनलाई पार्टी हेडक्वाटरको आर्शीवाद प्राप्त छ । पदीय मर्यादा भुलेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य पुरीलाई महासंघको अध्यक्ष बनाउन खुलेर लागिरहेका छन । उनले समयमा चुनाव नभएको बहाना देखाएर सरकारले महासंघको अहिलेको कार्यसमिति विघटन गरेर नयाँ समिति चयन गर्न सक्ने धम्की दिन थालेका छन् ।
उनको धम्की सुन्दै आएका व्यक्तिहरू उनी महासंघका निवर्तमान अध्यक्ष पनि हुन भन्नेमा आश्चर्य समेत मानेका छन् । पूर्व अध्यक्षका हैसियतमा भएपनि उनले संघ/संगठनलाई मिलाउने विधान अनुसारको प्रक्रिया पछ्याउन आफ्ना कार्यकर्ता पुरीलाई निर्देशन दिनुपर्ने थियो । तर, त्यो कहीं कतै देखिएको देखिइरहेको छैन, एक महिना अगाडि निकालिएको विवादित सदस्यता नामावली पुनः प्रकाशन गरिएपछि यसैलाई मानेर जान नसकिनेमा धेरै पत्रकारहरूको संस्थाका विज्ञप्ति आइसकेको छ ।
एकातिर नेपाल प्रेस युनियनसँग अध्यक्ष हामीलाई दिए सहमति दिएर सर्वसम्मतीमा जाउ भनेर लगातार प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले प्रस्ताव गर्दै आएका थिए । अर्कोतिर, चौतारीलाई युनियनले अध्यक्ष दिने भइसक्यो तपाईहरु के गर्ने भनेर दवाब बनाएर अध्यक्ष लिई छाड्ने दाउ तथा त्यो नभएसम्म चुनाव कुनै न कुनै रुपमा बिथोलिरहने प्रयासमा माओवादी निकट प्रेस सेन्टर देखिएको छ ।
सबैतिरबाट अध्यक्ष विपुल पोखरेलले गाली खाइरहेका छन् । युनियन उनीमाथि भड्किएको छ, चुनाव नभएको दोष अध्यक्षको टाउकोमा राखेर महासचिवले खेलिरहेको तर, त्यो कुरा अध्यक्षले बुझेर पनि नबुझेकोमा महासंघकै युनियन निकट वरिष्ठ पदाधिकारीहरु आश्चर्य मान्छन् । सोझा विपुललाई रोशनले नचाए, कुन्नि के कारणले हो, रोशनले जे भन्छ विपुल त्यतै सही धस्काउन दवाबमा रहेको बेला उनले युनियनबाटै वरिष्ठ उपाध्यक्ष रहेका रमेश विष्ट वा कोषाध्यक्ष कलेन्द्र सेजुवाल लगायतका पदाधिकारीहरुसँग सामान्य सल्लाह पनि लिदैंनन् ।
जिम्मेवार पदमा भएर पनि विष्ट र सेजुवाल चुप लागेर बसेका छन् । साधारणसभा चलाउन बनाइएको अध्यक्ष मण्डलमा पूर्व अध्यक्षहरू धर्मेन्द्र झा, गोविन्द आचार्य र महेन्द्र विष्ट छन् । विवाद सल्टाउन उनीहरुको भूमिका हुनुपर्नेमा अध्यक्ष मण्डल आचार्यबाट प्रभावित बनेको छ । झा राष्ट्रिय समाचार समितिका अध्यक्ष छन् । सरकारी संस्थाको अध्यक्ष भएका नाताले झाले जागीर जाने चिन्तामा आचार्यको कुरा काट्न चाहेका छैनन् । उता विष्टलाई मिडिया काउन्सिल कानुन आएपछि मिडिया काउन्सिलको अध्यक्ष बन्ने लोभ छ ।
महासचिव पुरीको प्रस्तावमा महाधिवेशनबाट जेठ २६ मा चुनाव तोकिएको थियो । तर चुनावका लागि चाहिने सदस्यता नामावली उनले टुङ्ग्याएनन् । चुनावको तिथिभन्दा एक साता अगाडि अनौपचारिक तरिकाले नाम ल्याए, त्यो नाम लिस्ट हेरेर युनियन र चौतारी निकट देशैभरका पत्रकारहरू भड्किए । त्यसमा पुरीले कतैबाट नामै सिफारिस नभएको १५०० बढी सदस्य थपेका रहेछन् । चौतारीको धेरै बढी र युनियनको त्यसपछि सदस्यता काटेर आफ्नो तिर थोरै काट्ने र धेरै थप्ने चालबाजी सेन्टरले संगठित रुपमै गरेका थिए । त्यसको ठूलो विरोध भयो, महासंघमा धेरै संघ संगठन मात्रै होइन, महासंघकै पदाधिकारीहरूले ताला लगाएका थिए । गाडी मिस्त्री देखि फलफूल बेच्नेसम्मका व्यक्तिलाई काठमाडौं शाखामा सेन्टरले सदस्य बनाएको देखियो । काठमाडौंमा सेन्टरको अध्यक्ष रहेकाले त्यसको बढी लाभ पुरीले लिए ।
शुक्रबार राति अबेर महासंघले निर्वाचन समितिलाई मतदाता नामावली बुझाएर माओवादीको छापामार शैलीमै निर्वाचनको तिथि कार्यक्रम ल्याएको छ । बिहान नहुँदै त्यसको तीब्र विरोध भएको छ । बिहान सबेरै समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले विज्ञप्ति जारी गरेर सहमति विपरीत पुरानै सदस्यता नामावली सार्वजनिक गरेकोमा त्यसलाई मानेर जान नसकिने बताएको थियो । महासंघलाई निश्चित संगठनको सिन्डिकेट बनाउन लागिएको प्रति गम्भीर आपत्ति जनाएर सहमतिका साथ सदस्यता विवाद टुंग्याउने नभए निर्वाचन स्वीकार नहुने चेतावनी दिएको छ ।
प्रदेश नम्बर २ को जिल्लाका अध्यक्षहरूले पनि महासचिव रोशन पुरीको कामप्रति आपत्ति जनाएर चुनाव गराउन नसकिने बताएका छन् । उस्तै गरी सबैभन्दा ठूलो प्रेस युनियनले पनि अध्यक्ष विपुल पोखरेललाई भेटेर विधान अनुसार सदस्यता नामावली नआए चुनाव हुन नसक्ने चेतावनी दिइसकेको छ । उता, सेन्टरसँग मिलेर यसपालि अध्यक्ष लिन सकिन्छ की भन्ने भ्रमपूर्ण लोभमा फसिरहेको चौतारी भने पत्रकार महासंघमा यत्रो विधि विधान विपरीतका सदस्यतामा चलखेल गरिँदा पनि चुप लागेर बसेको छ । तर, कुनै पनि बेला प्रचण्डको सरकार ढल्न सक्ने आशंका पालेर चौतारी छिटो भन्दा छिटो अध्यक्ष पद उम्काउन चाहेको पाइन्छ ।
स्रोतका अनुसार सेन्टरले पुरीलाई अध्यक्ष बनाउने अर्जुन दृष्टि राखेकोले चौतारीको त्यो भ्रम कुनै पनि बेला तोडिन सक्ने र छाँगाबाट खस्नेछ । पुरी जुनसुकै संगठनको समर्थनमा उम्मेदवार भएपनि उनी हार्ने निश्चित छ । चौतारी होस वा युनियन वा कुनै संगठनमा नलागेका पत्रकारहरू भित्र भित्र उनलाई समर्थनको मुडमा छैनन् । कान्तिपुर वा अन्य मिडिया हाउसमा आन्दोलन हुँदा भूमिका नखेली बसेको उनीभन्दा बढी जन्मदेव जैसीले भूमिका खेलेको तर अनावश्यक रुपमा सदस्यताको विषलाई गिजोलेको भन्दै पुरीको विपक्षमा ठूलो माहोल तयार छ । सेन्टरकै सदस्य रहेका जैसी श्रमजीवी मुद्दामा रोशनले कुनै काम नगरेको भन्दै आफै वरिष्ठ उपाध्यक्ष विष्टलाई अध्यक्ष बनाउनुपर्ने भन्दै हिँडेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार