लालीगुराँस संरक्षण अभियानमा नेता कोइराला
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार २०:४८:६
९ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा जोडिएका छन् । धरानको विकट क्षेत्र मानिने बङ्सिलामा आइतबार लालीगुराँस रोपेर नेता कोइरालाले संरक्षण अभियान सुरु गरेका हुन् ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले धरान वार्ड नं–२० मा पर्ने बिष्णुपादुकाको बङ्सिलामा बृक्षारोपण कार्यक्रम राखेको भएपनि पहिरोले सडक अवरुद्ध गरेपछि नेता कोइरालाले निर्धारित स्थान भन्दा ३ किमीको दुरीमा लालीगुराँसको बिरुवा रोपेका थिए ।
सो अवसरमा उनले गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेमा समेत लालीगुराँस मासिँदै गएकोमा चिन्ता व्यक्त गरे । यस क्षेत्रको विकासको निम्ति लालीगुराँस अत्यन्तै महत्त्वपूर्ण रहेको र पर्यटन प्रवर्द्धनमा कोशेढुँगाको रुपमा स्थापित हुने धारणा राखे । धरानको विकट क्षेत्रमा पनि विकासको लागि यस्ता रचनात्मक कदमको जरुरी रहेको र लालीगुराँस संरक्षण अभियानमा निरन्तर लाग्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार