इजरायलले माग्यो दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने ८ सय नेपाली कामदार, आवेदन खुल्ला
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार ११:०:३३
११ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले आज मंगलबार इजरायल पठाउने ८ सय जना कामदारको लागि आवेदन खुल्ला गरेको छ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि ८ सय नेपाली कामदार माग गरेकाले यो आवेदन खोलिएको हो ।
नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो । यसमा निजी क्षेत्रको कुनै संलग्नता नभएको बताइएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।
विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउने छन् ।
यो काममा जानेको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा तोकिएको छ । यसको करार अवधी सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ । योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिनेछ । घिमिरले ८ सय जना माग भएको मध्ये ५ सयजना मुख्य उम्मेदवार रहेको बताए । त्यसमा तीन सय जनालाई वैकल्पिकमा राखिने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार