अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार १८:३८:५५
१० असार, अछाम । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–६ निवासी १५ वर्षका बिमल बिक र १४ वर्षिय झंकर विक घरबाट तुर्माखाँद गापा–७ बासकाडा जाने क्रममा कच्ची सडकखण्डमा पोलबाट चुँडिएर सडकमा खसेको तारमा झंकर विकलाई करेन्ट लागेको थियो । झंकरलाई करेन्ट लागेपछि बचाउन तान्ने क्रममा विमललाई पनि करेन्ट लागेको थियो ।
करेन्ट लाग्दा झंकरलाई बचाउन खोजेका विमलको भने घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
झंकर विक भने घाइते छन् । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कमलबजार बाट प्रहरी नायब निरीक्षक भीमबहादुर शाहीसहित सात जनाको टोली घटनास्थलतर्फ पठाइसकेको प्रनाउ पाठकले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार