राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १२:३:४८
१२ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताए । उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए ।
उनले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठुलो योगदान दिएको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार