नेप्से दोहोरो अंकले घट्यो, चार अर्ब भन्दा बढीको कारोबार
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १६:२०:३६
१२ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको ८७ लाख २७ हजार एक सय ६४ कित्ता शेयर ५४ हजार सात सय ९३ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ८० लाख ४७ हजार सात सय ३४ बराबरको कारोबार भएको छ ।
वित्त, म्युचुअल फन्ड र व्यापारबाहेक अरू सबै समूहको उपसूचक घटेका छन् । वित्त समूह शून्य दशमलव ४५, म्युचुअल फन्ड शून्य दशमलव १४ र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै विकास बैङ्क समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ । बैङ्किङ शून्य दशमलव ६५, होटल तथा पर्यटन शून्य दशमलव २९, जलविद्युत् शून्य दशमलव ५८, लगानी शून्य दशमलव ९१ र जीवन बीमा शून्य दशमलव ६१ प्रतिशतले घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बीमा शून्य दशमलव ३४ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छ । आजको कारोबारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ५५ र शिव श्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव २६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३८ र हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १६ करोड ४६ लाख १८ हजार आठ सय ३० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै गुडविल फाइनान्स लिमिटेडको दुई लाख ४६ हजार ५४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से २.६९ अंंकले बढ्यो
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
वाईल्ड लाईफ फोटोग्राफर शेर्पालाई झण्डा ओडाएर सम्मानसहित गरियो अन्तिम बिदाइ
माघ २, २०८१ बुधबार
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली
माघ २, २०८१ बुधबार
तोरी फुलेर मनमोहक बनेको रत्नेचौर
माघ २, २०८१ बुधबार
बलम्बुस्थित 'बहुप्राविधिक शिक्षालय’को प्रयोगशाला
माघ २, २०८१ बुधबार
मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
बाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार