आर्थिक कूटनीति सरकारको प्राथमिकता : परराष्ट्रमन्त्री श्रेष्ठ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार ९:४८:११
![](https://nepalbahas.prixacdn.net/media/albums/narayan_zycd3UBbCw_fKeLByelLL.jpg)
१४ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कुटनीति सरकारको प्राथमिकता रहेको बताएका छन् । विदेशस्थित नेपाली राजदूत एवं नियोग प्रमुखहरूलाई भर्चुअल माध्यमबाट बिहीबार सम्बोधन गदै परराष्ट्रमन्त्री श्रेष्ठले निर्यात विस्तार, पर्यटन प्रवर्द्धन तथा वैदेशिक रोजगारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न नेपाली राजदूतहरुलाई निर्देशन दिएका हुन् ।
सरकारले आर्थिक कूटनीतिलाई समग्र कुटनीतिको प्राथमिकतामा राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरूको पेशागत हकहित एवं सुरक्षामा संवेदनशील भई काम गर्न विदेशस्थित नेपाली राजदूतको ध्यानाकर्षण गराए ।
वैदेशिक लगानी प्रतिबद्धता र प्राप्ति तथा वैदेशिक सहायता प्रतिवद्धता र प्राप्तिमा खाडल रहेको उल्लेख गर्दै उनले प्रतिबद्धता अनुसार लगानी र सहयोग प्राप्त गर्न विदेशस्थित कूटनीतिक नियोगहरु प्रभावकारी रुपमा परिचालित हुनुपर्ने बताए ।
सरकारले गत वैशाखमा गरेको तेस्रो लगानी सम्मेलनको स्मरण गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने— सम्मेलनमा सहभागी लगानीकर्ताहरुसँग सम्पर्क बढाउने र नेपालमा भएका लगानीका सम्भावनाहरूलाई थप उजागर गर्न विदेशस्थित कूटनीतिक नियोगहरुले निरन्तर लाग्नुपर्ने हुन्छ । मुलुकको आर्थिक–सामाजिक विकास गरी समृद्धि र विकास गर्ने सरकारको उद्देश्यअनुरुप पराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको सञ्चालन भएको अवस्थाबारे पनि उनले स्पष्ट पारे ।
विदेशमा रहेका राजदूतावासका लागि सरकारले आफ्नो क्षमताअनुसार लगानी गरेको बताउँदै उनले भने, “नेपालका निर्यात योग्य वस्तुहरुको अन्तर्राष्ट्रिय बजार पहचान गर्न, सम्भाव्य लगानीकर्ताहरुलाई नेपालमा बढीभन्दा बढी लगानी गर्न अभिप्रेरित गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा स्थापित गर्न तथा प्राथमिक पर्यटन गन्तव्यका रुपमा विश्वमा नेपालको प्रचार र प्रवर्द्धन गर्ने कार्यमा सक्रिय रहन म यहाँहरुलाई आग्रह गर्दछु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिले पनि लोकतन्त्र खतरामा छ : अध्यक्ष नेपाल
असार १६, २०८१ आइतबार
कांग्रेसका संशोधन प्रस्ताव हराए, संसदमा एकछिन रमाइलो
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एसईई मौका परीक्षा साउन २३ गतेदेखि सञ्चालन हुने
असार १६, २०८१ आइतबार
नेपाल सुनचाँदी व्यवसायी महासंघको अधयक्षमा अर्जुन रसाइली निर्वाचित
असार १६, २०८१ आइतबार
अहिले पनि लोकतन्त्र खतरामा छ : अध्यक्ष नेपाल
असार १६, २०८१ आइतबार
वर्षाले जलमग्न भैरहवा, अधिकांस पसलमा पानी पस्यो (फोटोफिचर)
असार १६, २०८१ आइतबार