बालबालिकाकाको क्षेत्रमा एसिया प्यासिफिक र सार्कले सहकार्य गर्ने
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १७:५९:६
१४ असार, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन 'सार्क' र एसिया प्यासिफिक जोइनिङ फोर्सेस 'एजेएफ'ले सार्क क्षेत्रका बालबालिकाको अधिकार र कल्याणको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यहाँ आयोजित ‘सार्क क्षेत्रका बालबालिकाको अधिकार’ विषयक अन्तरक्रियामा सार्क र एजेएफले बालबालिका र युवाहरुको अधिकार र कल्याणका लागि विभिन्न विषयमा छलफल गर्दै उक्त प्रतिवद्धता जनाएका हुन् ।
बालबालिकाविरुद्धको हुने हिंसा, बाल विवाह, जलवायु परिवर्तनले बालबालिकामा पारेका असरलगायत विषयमा छलफल गरी बालबालिकाको अधिकार सुनिश्चित गरी विद्यमान चुनौती संयुक्तरुपमा समाधान गर्दै जानेमा सबै एकजुट भएको अन्तरक्रियामा सहभागी प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक राम किशनले बताए ।
उनका अनुसार छलफलमा क्रममा सार्क र एजेएफ दुवैले यस क्षेत्रका बालबालिका र युवाहरूको अधिकार, बालविवाहको अन्त्य, सचेतना अभिवृद्धिलगायत क्षेत्रमा एकसाथ काम गर्ने ऐक्यबद्धता जनाएका छन् ।
“विश्वभर करिब ६५ करोड किशोरीहरु १८ वर्षको उमेर नपुग्दै बिबाह गर्ने गरेका छन्, यो सङ्ख्या दक्षिण र दक्षिणपूर्वी एसियामा सबैभन्दा धेरै रहेको तथ्याङ्क छ । दक्षिण एसियामा मात्रै कम उमेरमा विवाह गर्ने युवतीहरु ४५ प्रतिशतको हाराहारीमा छन्”, राष्ट्रिय निर्देशक किशनले भने । अफगानिस्तान, भुटान, बङ्गलादेश, भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्कामा यो समस्या धेरै रहेको उनको भनाइ थियो ।
सो अवसरमा सेभ द चिल्ड्रेन, चाइल्डफन्ड इन्टरनेशनल श्रीलङ्का, एसओएस चिल्ड्रेन भिलेज नेपाल, टेरे डे होम्स नेदरल्यान्ड्स, टेरे डे होम्स जर्मनी, वर्ल्ड भिजन नेपाल, सीआरसी एसिया, प्लान इन्टरनेशनललगायत संस्थाका ४० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार