कृषि क्षेत्रको विकासबिना मुलुकको समृद्धि असम्भवः मन्त्री गिरी
नेपालबहस संवाददाता
असार १५, २०८१ शनिबार २१:३२:१
१५ असार, पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले कृषि क्षेत्रको विकासबिना मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल किसान महासङ्घ पर्वतको आयोजनामा जलजला गाउँपालिका वडा नं ८ नाङलीवाङको फर्सेमा रोपाइँ मेलामा सम्बोधन गर्दै मन्त्री गिरीले नेपाल कृषि प्रधान देश भए पनि विदेशबाट अन्नपात आयात गरेर उपभोग गर्नुपर्ने अवस्था रहेको बताए ।
उत्पादनमा जोड दिएर कृषि प्रधान देशलाई व्यवहारमा परिणत गर्नुपर्ने उनको भनाइ थियो । कृषि उपजमा आत्मनिर्भर बनाउनका लागि सोहीअनुसारका नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । मन्त्री गिरीले कृषि पेसामा लाग्नेहरूलाई राज्यले उचित प्रोत्साहन गर्नुपर्ने बताए । कृषि सम्मानित र आत्मसम्मानको पेसा भएको बताउँदै मन्त्री गिरीले किसानका समस्यालाई पहिचान गरी राज्यले समाधानको प्रयास गर्ने प्रतिबद्धता जनाए ।
उनले कृषि क्षेत्रको विकासबाट मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने बताउँदै किसानलाई समयमै मल, बीउ, यान्त्रिकीकरण, सिँचाइका सुविधालगायत सहजता राज्यले प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । उनले धानमात्र नभई सबै खालका अन्नबाली उत्पादनमा जोड दिनुपर्ने धारण राखे । मध्य असारसम्म पर्वतमा जम्मा १५ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । ढिलागरी मनसुन सक्रिय भएका कारण रोपाइँ ढिला भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पुष २४, २०८१ बुधबार
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार