पर्यावरण संरक्षणका लागि फोर एचद्वारा १०० युवा इको लिडर घोषणा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार १५:३५:५
१६ असार, चितवन । तेस्रो कृषि–जलावायु युवा लिडरसीप समीट २०८१ ले १०० जना युवा इको लिडर (पर्यावरणीय युवा अगुवा) को घोषणा गरेका छ । इको लिडरले वर्षभरी हरित कृषि, जलावयु परिवर्तन तथा दिगो विकासका लागि अभियानहरु संचालन गर्नेछन् ।
सबै इको लिडरलाई समेटर असार १६ गते १०० युवा इको लिडर्स नेटवर्क गठन गरिएको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए । उक्त नेटवर्कमा देभरीबाट २५ वर्ष मुनिका युवाहरु छनौट गरिएको अवस्थीले बताए । उनले १०० युवा इको लिडर छनौट देशभरीबाट प्राप्त ५०० आवेदक मध्येबाट छानिएका बताएका छन् ।
समीटले १०० युवा इको लिडर्स नेटवर्कको विधान, कार्यविधि तथा ६ महिनाको कार्ययोजना र आचारसंहिता समेत पारित गरेको आयोजकले जानकारी दिए । इको लिडरले संकल्प पत्रमा हस्ताक्षर तथा औठा छाप लगाएर हरित कृषि तथा जलवायु परिवर्तन सम्बन्धी कार्य गर्ने र आफ्नो आचरण पनि सोही अनुसार गर्ने संकल्प गरेका छन् ।
सम्मेलन उद्घाटन बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले गरेका थिए । उनले नेपाल सरकारले युवा पलायन रोक्न र युवालाई स्वदेशमै बस्नका लागि दिर्घकालिन कार्यक्रम ल्याउनु पर्ने बताएका थिए । विशिष्ट अतिथि बागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले आफू बागमती प्रदेश जलवायुमैत्री कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष, द एशिया फाउण्डेसनका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
समीटमा तीन ओटा फरक फरक विषयमा कार्यपत्रहरु पेश गरिएको थियो । जसमा महर्षि वैदिक इन्टरनेसनल फाउण्डेनबाट प्रध्यापक जोन कोनहाउसले वैदिक कृषि प्रणालीको बारेमा प्रस्तुत गरेका थिए । त्यसै गरी कृषि तथा वन विश्वविद्यालय सह प्राध्यापक दिेश भट्टले कृषि र जलवायु परिवर्तनका चुनौती र युवाका सवालको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै ओरेक नेपालकाी कार्यकारी निर्देश सुनिता मैनाली जलवायु न्याय र कृषिको बारेमा कार्यपत्र पेश गरेका थिए । त्यस्तै हरित युवा गोष्टीमा १० ओटा कृषि, जलवायु परिवर्तन र युवासँग जोडिएका विषय १० ओटा समूहमा फलफल गरी साधानका उपाय पहिचान गरिएको फोर एच नेपालका उपाध्यक्ष सिता रणपालले जानकारी दिए ।
समिटको अर्को दिन छानिएका १० ओटा कृषि, जलवायु परिवतनसँग जाडिएका नविन विचारहरु छनौट गरी प्रत्येक युवालाई जनही दशर हजार दिने घोषणा समेत गरिएको आयोजक सरोज कुमार जाशीले बताए । डा. चिन्तमणी योगीले युवालाई जीवन जीउने शैली र युवाको सकरात्मक धारण विकास सम्बन्धी प्रशिक्षण पनि गराएका थिए ।
१० बुदे जलवायु परिवर्तन संकल्प पत्र जारी
चितवनमा सम्पन्न भएको तेस्रो युवा कृषि–जलवायु युवा लिडरसीप समीटले हरित कृषि तथा जलवायु परिवर्तन सम्बन्धी १० बुँदे संकल्प पत्र जारी गरेको छ । समीटको संकल्प पत्रमा पर्यावरणीय संरक्षणका लागि युवा आफ्नो संकल्प जारी गरेको अवस्थीले जानकारी दिए ।
संकल्प पत्रमा युावले आफ्ना व्यवहार तथा नेतृत्व पर्यावरणमैत्री बनाउने र आफूले समुदायमा जलवायु परिवर्तन न्यूनिकरण तथा रैथाने कृषिको संरक्षणमा लागि पर्ने प्रतिबद्धता जनाएका छन् । र, सरकारसँग जलवायु परिवर्तनका लागि प्रभावकारी नीति ल्याउन पनि माग गरेका छन् । उद्योग, कलकारखाना तथा निर्माणर्काले जलवायु परिवर्तनमा ठूलो असर परेकाले सामाजिक उत्तरदायित्व बजेट मध्ये पर्यावरण संरक्षणका लागि निश्चित बजेट छुटयाउन पनि माग गरेका छन् ।
समिट २०८१ असार १३ देखि १५ गतेसम्म आयोजना गरिएको थियो । समिटमा भरतपुर महानगरपालिका, द एशिया फाउण्डेशन, नबिल बैंक, नेपाल टेलिकम, कृषि विकास बैंक तथा ओरेक नेपाल सहितका सहकार्य तथा साँझेदारी रहेको आयोजकले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै
मंसिर १७, २०८१ सोमबार
किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार