कांग्रेसका संशोधन प्रस्ताव हराए, संसदमा एकछिन रमाइलो
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार १७:२७:११
१६ असार, काठमाडौं । आइतबारको प्रतिनिधि सभामा नेपाली कांग्रेसका चार जना सांसदले हालेका संशोधन प्रस्ताव हराएपछि केहीबेर रमाइलो भयो । प्रस्ताव हराएको भन्दै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक उठेपछि सांसदहरु चकित भए । आर्थिक विधेयकमाथि कांग्रेसले चार वटा प्रस्ताव दर्ता गराएको थियो । तर, कार्यसूचीमा परेनन् । संशोधन प्रस्ताव दैनिक कार्यसूचीमा नराखेको भन्दै कांग्रेसले आपत्ती जनाउँदा सभामुखले थाहा नपाए जस्तो गरे ।
आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले संसदीय सचिवालयले गम्भीर प्रकृतिको लापरवाही गरेको भन्दै यसलाई सच्याउन माग गरे । कांग्रेसका चार सांसदले आर्थिक विधेयक, २०८१ माथि राखेका संशोधन संसद् सचिवालयले हराएको उनको आरेप थियो । कांग्रेसका चार सांसदले आर्थिक विधेयकमाथि राखेका संशोधन हराएको भन्दै सभामुख देवराज घिमिरेसँग यस्तो त्रुटी नदोहोर्याउन लेखकले आग्रह गरे ।
आइतबारको बैठकमा बजेटसँग आश्रित तीन विधेयकमाथि परेका संशोधन र दफावार छलफल गरी पारित गर्ने कार्यसूची थियो । सुरुमा आर्थिक विधेयकमाथि छलफल अगाडि बढ्यो । सभामुख घिमिरेले उक्त विधेयकमाथि संशोधन राख्नेमा प्रेम सुवालकको मात्रै नाम लिए । त्यसपछि एमालेका सांसद किरणकुमार साहलाई छलफलमा भाग लिन सभामुख घिमिरेले समय दिए र रोष्ट्रममा बोलाए । उनी निकैबेर रोष्ट्रममै उभिनुपर्यो ।
रोष्ट्रमबाट साहले बोल्न सुरु गर्दा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सीटबाट उठेर सभामुखसँग समय मागे । लेखकले पार्टीबाट चार सांसदले संशोधन राखेको तर ती संशोधन हराएको बताए । संसद् सचिवालयबाट गम्भीर प्रकृतिका लापरबाही भएको भन्दै उनले भने, ‘आज मैलै कार्यसूची हेरें, हाम्रो पार्टीको तर्फबाट प्रस्तुत विधेयकमा आर्थिक विधेयक, २०८१ मा माननीय आरजु राणा, दीलेन्द्र बडू, प्रकाशशरण महत र श्यामकुमार घिमिरेले २०८१ असार १४ मा संशोधन हाल्नुभएको थियो । मसँग कपी छ । दर्ता नम्बर ८ मा यो दर्ता भएको छ, तर, माननीयजीहरूको संशोधन नै छैन । यस्तो हुन्छ र ?’
सभामुख घिमिरेले भने कांग्रेसका सांसदहरूले लगानी सहजीकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधन राखेको जानकारी आफूलाई प्राप्त भएको जवाफ दिए । मैले बुझ्दाखेरि उहाँहरूको संशोधन लगानी सहजीकरण सम्बन्धी विधेयकको लागि आएको भन्ने खबर आएको छ । यसमा दर्ता भएको कुरा आएन । केही मिस्टेक भएको हो वा सबै त अन्तिम कुरा भन्न गाह्रो छ । अहिलेको आर्थिक विधेयकमा त्यो आएको होइन भन्ने कुरा आएको छ । त्यसैले आर्थिक विधेयकमाथिको छलफलमा सहभागी बन्न म आग्रह गर्छु,’ घिमिरेले भने ।
आफ्ना सांसदले राखेका संशोधन नै हराएको र उल्टै अर्कै विधेयकमा राखेको संशोधनलाई आर्थिक विधेयकमा राखेको भनी सदनमा उठाएको भन्ने जवाफ सभामुखबाट पाएपछि लेखकले उल्टै प्रश्न गरे । कांग्रेस प्रमुख सचेतक लेखकले सभामुखलाई प्रश्न गरे, ’कांग्रेसलाई आर्थिक विधेयक र लगानी सहजीकरण विधेयकका बीचको अन्तर थाहा नहोला र ?’ त्यसपछि सभामुख घिमिरेले आर्थिक विधेयकमाथिको छलफलमा सहभागी हुन आग्रह गर्दै आएको सूचनालाई सम्प्रेषण गरेको मात्रै हो भने ।
सांसदहरूले विधेयकमाथि राखेका संशोधन नै हराउने त्रुटि गम्भीर रहेको लेखकको भनाइ थियो । सभामुख घिमिरे आसन र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक लेखक आफ्नो सिटबाट दोहोरो संवादमा लागेपछि एमालेका रघुजी पन्तले बोल्न समय मागे । पन्तले प्रमुख प्रतिपक्षले उठाएको विषय गम्भीर रहेको भन्दै सदनको बैठक रोकेर भएपनि दर्ता गराएको संशोधन खोज्नुपर्ने सुझाए ।
उनले भने, ‘विषय गम्भीर भयो । प्रमुख प्रतिपक्षी दलको सचेतकले भन्नुभएको कुरा त लिखितै होला । त्यसैले हाउस रोकेर आजकै विधेयकमा संशोधन दर्ता गराएको हो भने छलफल गराउनुपर्छ । होइन, संशोधन दर्ता गरेको कागज छैन भने हाउस अगाडि जान्छ । प्रमुख प्रतिपक्षले गम्भीरताका साथ भनिसकेपछि लिखतलाई चेक गरेर अगाडि जानु उपयुक्त हुन्छ ।’ लगत्तै संशोधन दर्ता गराउने सांसद दिलेन्द्र बडुले आर्थिक विधेयक, २०८१ माथि दर्ता गराएको संशोधनको प्रति नै देखाउँदै भने, ‘म संशोधनकर्ता हो । मसँग संशोधन छ । यो छुट्न किन गयो ? यो गम्भीर कुरा हो ?।’
यसबीचमा सभामुख घिमिरेले सचिवालयका कर्मचारीसँग कानेखुसी पनि गरिरहेका थिए । संशोधन प्रस्ताव हराएपछि दर्ता गराउने सांसदहरूलाई छलफलमा आफ्नो संशोधनसहित भाग लिन समय दिएपछि विवाद तत्कालका लागि रोकिएको थियो । सभामुखले संशोधनकर्ता प्रकाशशरण महतलाई छलफलमा भाग लिनका लागि बोलाए भने एमालेका साहलाई रोष्ट्रमबाट आफ्नो सिटमा जान निर्देशन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार