रञ्जितालाई उद्योगमन्त्री बनाउने तयारीमा थिए प्रचण्ड, ओलीले परराष्ट्र नै दिए हुन्छ भनेपछि रोकियो
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १३:३६:३९
१७ असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको सोमबार उद्योगमन्त्री बन्न प्रयास असफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई उद्योगमन्त्री बनाउने प्रस्ताव सत्ता सहयात्री दल एमालेका अध्यक्ष केपी ओलीसमक्ष राखेका थिए । तर, ओलीले परराष्ट्र नै दिए हुने किन उद्योग भनेपछि प्रधानमन्त्री हच्किए । ओलीको भाषा उनलाई राम्रो मन्त्रालय दिन हुँदैन भन्ने थियो ।
स्रोतका अनुसार सोमबार रञ्जितासहित अर्को एक जनालाई मन्त्री बनाएर मन्त्रिपरिषद हेरफेर गर्ने सोचमा प्रधानमन्त्री थिए । सोमबार रञ्जिता मन्त्री बन्ने हल्ला चलेपछि नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको बैठक राखेर आइतबार नै उनलाई संसदीय दलको नेताबाट हटाइदियो । ओलीको समेत नो सिंग्नल भएकाले रञ्जितालाई सोमबार नै मन्त्री बनाउने प्रधानमन्त्रीको चाहना पुरा हुन सकेनन् ।
आइतबार बसेको पार्टीका बहुमत सांसदहरू बैठकले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाउने निर्णय गरेको हो । संसदीय दलको नेतामा रन्जिताको सट्टा गंगाराम चौधरी आए । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गंगाराम यसअघि पार्टीको प्रमुख सचेतक थिए । उक्त बैठकले प्रमुख सचेतकको जिम्मेवारी लालविर चौधरीलाई दिने निर्णय गरेको छ । बर्दिया–२ बाट निर्वाचित सांसद लालविर नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीका बुवा हुन् ।
रञ्जिताले भने आफूलाई संसदीय दलको नेताबाट हटाएकोबारे अनविज्ञता प्रकट गरेकी छन् । फर्जी पत्र देखाउँदैमा दलको नेता परिवर्तन नहुने रञ्जिताको भनाइ छ । पत्रको वैधानिकता संसद्ले हेरेपछि मात्र थाहा हुने उनको भनाइ छ । गत फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएपछि संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठबीच विवाद सुरु भएको थियो ।
रन्जिता पुष्पकमल दाहाल नेतृत्वकै सरकारका पक्षमा उभिँदा रेशम भने कांग्रेसलाई सघाउनुपर्नेमा अडिग थिए । त्यसपछि नागरिक उन्मुक्ति पार्टीको विवाद प्रदेश तहसम्मै देखियो । सुदूरपश्चिम प्रदेशका ७ सांसदमध्ये २ जना सरकारमा र ५ जना प्रतिपक्षमा छन् । नाउपामा यो विवाद फेरी चर्किएर जाने देखिएको छ । सत्ता समीकरण परिवर्तन भएपछि विस्तारै मन्त्री बन्ने कोसिसमा लागेको उनको चाहना अहिलेसम्म पुरा हुन सकेको छैन् ।
प्रधानमन्त्री प्रचण्ड भने उनलाई मन्त्री बनाउन राजी भएर बसेका छन् । सत्ता समीकरणमा प्रधानमन्त्रीको चाहना कार्यान्वयन नहुने अवस्था भएकाले पटक पटक प्रयास गर्दा पनि मन्त्रिपरिषद पुनर्गठन हुन सकेको छैन । जनमत पार्टीबाट एक जना मन्त्री थप्ने कुरा पनि यसमै अड्किएको छ । प्रधानमन्त्री प्रचण्डले रञ्जितालाई सहभागि नगराई मन्त्रिपरिषद पुनर्गठन गर्छन कि गर्दैनन् । यसको जानकारी नआएको स्रोतको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार