बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १५:३०:१९
१७ असार, काठमाडौं । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कारका लागि स्रष्टाको नाम घोषणा गरेको छ ।
प्रतिष्ठानले जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार आयामिक सिद्वान्तका प्रवर्तकमध्येका एक आयामवादी कवि बैरागी काइँला र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कार लोक संस्कृतिकर्मी एलपि जोशी 'लक्ष्मीप्रसाद जोशी'लाई प्रदान गर्ने भएको हो ।
प्रतिष्ठानका अध्यक्ष मदनराज थापाका अनुसार नेपाली लोक संस्कृति–साहित्यको श्रीवृद्विमा निरन्तर समर्पित भई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गरेकाले कवि काइँलालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।
त्यसैगरी विगत ६ दशकदेखि नेपाली लोकगीत गायन र सङ्कलन गर्दै लोकगीत सङ्गीतको समुन्नतिमा लागि परेर यस क्षेत्रमा विशिष्ट योगदान दिँदै आउनुभएका लोक संस्कृतिकर्मी जोशीलाई २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कार प्रदान गर्न लागिएको हो ।
पचास हजार राशिका यी दुवै पुरस्कार आगामी साउन १ गते प्रदान गरिने अध्यक्ष थापाले बताए । नेपालको लोक संस्कृति तथा लोकगायनका क्षेत्रमा लामो समय काम गरेका जनकविकेशरी धर्मराज थापा तथा उनकी धर्मपत्नी सावित्री थापाको स्मृतिमा जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले यी पुरस्कारको स्थापना गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
बागमती सफाइ अभियानमा काठमाडौं महानगरका वडाले सघाउने
पुष २४, २०८१ बुधबार
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई मन्त्रालयले कारबाही गर्ने
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार