किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १६:४६:११
१७ असार, अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण गरेको छ । किसानको मागका आधारमा नगरपालिकाको कृषि शाखाले अनुदानमा लिची, सुन्तला, कागती, मौसमी, ड्रागन फ्रुटलगायत पाँच हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको हो ।
नगरपालिकाको ४० प्रतिशत अनुदान र किसानको ६० प्रतिशत लगानीमा किसानको मागका आधारमा लिची एक हजार दुई सय ५०, कागती एक हजार तीन सय ८०, मौसमी पाँच सय ५०, सुन्तला एक हजार सात सय ३० र ड्रागन फ्रुट एक सय २० बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए ।
फलफूल खेतीबाट किसानलाई व्यावसायिक, आत्मनिर्भर बनाउँदै आर्थिकस्तर वृद्धि गर्ने उद्देश्यले फलफूलका बिरुवा वितरण सुरु गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । किसानलाई बिरुवा वितरण गर्दै उहाँले कृषि पेसामा लागेर स्वरोजगार बनेका उत्कृष्ट किसानलाई नगरपालिकाले प्रोत्साहन गर्ने योजना बनाएको जानकारी दिए ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनालले निर्वाहमुखी कृषि पेसालाई व्यावसायिक बनाउनुपर्ने बताउँदै व्यावसायिक किसानलाई नगरले सहयोग गरिरहेको जानकारी दिए । पालिकाले बिरुवा लगाउने, संरक्षण गर्नेलगायत विषयमा विज्ञमार्फत परामर्श पनि उपलब्ध गराइएको बताए । बिरुवा वितरण कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत खनाल, लेखा अधिकृत नवराज गौतम, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईलगायतको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार