राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी: उपप्रधानमन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १९:५३:१४
१७ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भूराजनीतिको विश्लेषण जरुरी रहेको बताएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनताको आधारभूत हितलाई ध्यानमा राख्दै विकास साझेदार लगायत विश्व समुदायसँग सम्बन्ध राख्ने तथा विकसित भूराजनीतिक घटनाक्रमको मापन हुनुपर्ने धारणा राखेका हुन् ।
नेपालको आर्थिक, प्राविधिक एवं सैन्य क्षमताको सन्दर्भ जोड्दै परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थायित्व र राष्ट्रिय स्वतन्त्रताका लागि कूटनीतिनै पहिलो र अन्तिम प्रतिरक्षा को माध्यम हो ।’’
कूटनीति एवम् वार्ता, अन्तर्राष्ट्रिय सम्बन्धको उपयुक्त सञ्चालनका कारण नेपाल एशियामा पुरानो देशहरु मध्ये रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले देशका कूटनीतिज्ञ तथा कूटनीतिसँग सम्बन्धित संस्थाहरुको क्षमता अभिवृद्धि गर्न ठोस प्रयास हुनुपर्ने बताए ।
जलवायु परिवर्तन, साइवर र ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय सङ्गठित अपराध, कृतिम बौद्धिकता जस्ता नविन र विकास हुँदै गरेका चुनौतीका कारण अन्तर्राष्ट्रिय सहयोग र संवादको दायरा थप फराकिलो भएको उनले उल्लेख गरे ।
भूराजनीतिक प्रतिस्पर्धा तथा नयाँ संवेदनशील मुद्दाहरुका कारण कूटनीतिज्ञको महत्त्व झनै बढेको धारणा राख्दै परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘‘नयाँ चुनौतीहरुको सामना गर्न हामीसँग अझै बढी कूटनीतिक दक्षता र निपुणता हुनुपदर्छ ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार