सभापति लामिछानेले पढ्न रोकेपछि सहमहामन्त्रीले पढे महामन्त्री ढकालको प्रतिवेदन
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार १२:१७:५२
१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकाललाई केन्द्रीय समितिको बैठकमा प्रतिवेदन पढ्न रोक लगाइएको छ ।
सभापति रवि लामिछानेले बैठकमा महामन्त्री डा. मुकुल ढकाललाई आफ्नो प्रस्ताव पेश गर्ने अनुमति नदिएका हुन् । सचिवालय बैठकले समीक्षा प्रतिवेदन महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्ने निर्णय गरेपनि आज सभापति लामिछानेले रोकेका हुन् ।
महामन्त्री ढकालले आफूलाई लिखित प्रस्ताव राख्न नदिइएकोबारे सार्वजनिक गरेका छन् । महामन्त्री ढकालका अनुसार पार्टीको जारी केन्द्रीय समितिमा समीक्षा प्रतिवेदनका आधारमा महामन्त्रीको प्रस्ताव पेस गर्न मंगलबारको सचिवालय बैठकबाट अनुमति दिइएको थियो । तर, बुधबारको केन्द्रीय समिति बैठकमा भने लिखित प्रस्ताव राख्न अनुमति नदिइएको उनले बताए ।
समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर, लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनु भएन, महामन्त्री ढकालले भने, प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।
बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसेका छन् । महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बैठकमा पढेर सुनाए । प्रतिवेदन पढिसकेपछि अहिले खाजा ब्रेक भएको छ । खानापछि सुरू हुने बैठकमा प्रतिवेदनमाथि छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१ मंगलबार
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
पुष २३, २०८१ मंगलबार
मंगलबार बिहानको भूकम्पले नेपालमा पुर्याएको क्षति बुझ्न सशस्त्रले खटायो २५०० जनशक्ति
पुष २३, २०८१ मंगलबार
राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाइ बल्ल दिइयो जानकारी
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार