अधिवेशन गर्न नसकेर थला परेका कांग्रेसका १० भ्रातृ संस्थाको चैतसम्म थपियो म्याद
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार १५:८:५१
१९ असार, काठमाडौं । नेपाली कांग्रेसले लामो समयदेखि महाधिवेशन गर्न नसकेर तदर्थ समितिको भरमा बसेका भातृ संस्थाको म्याद थप गरेको छ । सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद थप गर्ने निर्णय अनुमोदन गरेको छ ।
नेविसंघलगायत १० भ्रातृ संस्थाको म्याद थप भएको छ । असार १५ देखि म्याद सकिएका यी संस्थाको कांग्रेसले १७ गते म्याद थप गर्ने निर्णय गरेको थियो । भातृ संस्था भंग गरेर नयाँ तदर्थ समिति बनाउनुपर्ने माग उठे पनि सभापति देउवाले पुरानै समितिलाई निरन्तरता दिएका हुन् ।
निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन गर्न पनि निर्देशन दिइएको छ । कांग्रेसले गत पुसमा महाधिवेशन गर्ने प्रयोजनका लागि भन्दै यी भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय गरेको थियो ।
महाधिवेशन नगरेका भ्रातृ संघहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र नेपाल थारू संघलाई महाधिवेशन गर्ने गरी म्याद थप गरिएको कांग्रेसले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार