रारा तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार २१:२३:२७
२० असार, मुगु । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए । अरु चार जना साथीसँग घर फर्कने क्रममा उहाँसहित अरु साथीहरूसँग तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिए ।
घटनाबारे जानकारी पाउनासाथ नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुई वटा डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो । रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट निकालिएको हो । घटनाको मुचुल्का पछि शव परीक्षणका लागी जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार