सरकारबाट फिर्ता भएको जानकारी संसद सचिवालयलाई दिएर प्रतिपक्षमा पुग्यो एमाले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १४:१:५५
२१ असार, काठमाडौं । नेकपा एमालेले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संसद सचिवालयलाई गराएको छ । शुक्रबार एमाले प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । एमाले अब संसद्ंमा प्रतिपक्षमा बस्ने उनले बताए ।
वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ,’ प्रमुख सचेतक महेश बर्तौलाले दिएको सूचनामा भनिएको छ ।
गत असार १७ गते नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो । एमाले र कांग्रेस दुवैले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह यसअघि नै गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताउँदै आए पनि २३ गते संसदमा सम्बोधन गरेर राजीनामा दिने सम्भावना रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार