एमाले कार्यालयभित्रै पस्यो मनोहरा खोला ( फोटो फिचर )
नेपालबहस संवाददाता
असार २२, २०८१ शनिबार १८:१८:३२
२२ असार, काठमाडौं । निरन्तरको वर्षाका कारण मनोहरा खोलामा जलसतह बढेपछि शनिबार दिउँसो एमाले कार्यालयभित्रै बाढी पसेको छ । खोलामा पानीको सतह पुल भन्दा पनि उचाइमा पुगेपछि नजिकै रहेको एमाले कार्यालयभित्र बाढी पसेको हो ।
च्यासलमा मनोहरा करिडोर सडक पनि डुबानमा परेको छ । एमाले कार्यालय नजिकै रहेको च्यासल रंगशाला पनि डुबानमा परेको छ । पानीले भरिएपछि रंगशाला पोखरीजस्तो बनेको छ ।
काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ । बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ ।
यस्तै कुपण्डोल पुल मुनीको करिडोर, टंकेश्वर र टेकु क्षेत्रमा रहेका करिडोरमा पनि खोलाको पानी सडकमै आएका कारण सवारी आवागमन प्रभावित भएको छ ।
शंखमूल, युएन पुल, रोजबर्ड स्कुल नजिक, सानेपा कालोपुलको तल्लो बाटो र बालकुमारी च्यासल थापाथलीमा रहेका करिडोरमा पनि विष्णुमती नदीको वहाव बढेर पानी सडकमै आएका कारण सवारी आवात जावतमा आशिंक प्रभाव परेको छ । प्रहरीले लगातारको बर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।
यस्तै धापाखेल स्थित सुमेरु अस्पताल नजिकै पनि वर्षातको पानी जमेका कारण सवारी आवागमनमा आशिंक प्रभाव परेको छ । काठमाडौँ उपत्यकाका विभिन्न करिडोर हुँदै यात्रा गर्दा सचेत भएर यात्रा गर्न सडक प्रयोगकर्तालाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार