पीएसजी स्तब्ध, रेनसलाई फ्रेन्च कपको उपाधि
इन्द्र रिजाल
बैशाख १५, २०७६ आइतबार १३:२६:४४
एजेन्सी । पेरिस सेन्ट जर्मेन पीएसजीलाई स्तब्ध पार्दै रेनसले फ्रेन्च कपको उपाधि उचालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रेनसले पेनाल्टी सुटआउटमा पीएसजीलाई हराउँदै फ्रेन्च कपको उपाधि जितेको हो ।
लिग कप च्याम्पियन पीएसजीले पछिल्ला चार सिजन लिग कपको उपाधि उचाल्दै आएको थियो । पीएसजीका स्टार केलियन एम्बाप्पेले रातो कार्ड खाएको खेलमा निर्धारित तथा अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
गत जनवरीदेखि मैदान बाहिर रहदै आएका नेयमारलाई पहिलो रोजाईको रुपमा मैदानमा उतार्दा समेत पीएसजीले हार ब्यहोर्न बाध्य भयो ।
नेयमारको कर्नरलाई सदुपयोग गर्दै ड्यानी अल्भेसले १३ औ मिनेटमा पीएसजीलाई अग्रता दिलाए । २१ औ मिनेटमा नेयमारले टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।
४० औ मिनेटमा प्रिन्सेल किम्पेम्बेले आत्मघाति गोल गरेपछि रेनस खेलमा फर्कने संकेत गरेको थियो । सिटोईले ६६ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । अतिरिक्त समयको खेल सकिन दुई मिनेट अगाडी एम्बाप्पेले खराब ट्याकल गरेपछि रातो कार्ड ब्यहोरेका थिए ।
दुवै टोलीका ११ खेलाडीको प्रहारले जाली चुमेपनि पीएसजीका क्रिस्टोफर नेकुन्कुको प्रहार असफल भएपछि रेनसले लिग कपको उपाधि उचालेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसिरहा नगरस्तरीय फुटबल प्रतियोगिता माघ ८ गतेदेखि हुने
माघ ६, २०८१ आइतबार
नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने
माघ ५, २०८१ शनिबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
माघ १०, २०८१ बिहिबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार