रौतहटमा दुई जनाको शव फेला, एक बेपत्ता
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार १५:७:३९
♦ सञ्जय मिश्रा
२४ असार, रौतहट । रौतहटका छुट्टाछुट्टै स्थानको नदी किनारमा एक महिला एक पुरुष गरी दुई जनाको शव फेला परेको छ।
एक जना पुरुष तलाउको पानीमा बेपत्ता भएकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। गरुडा नगरपालिका-५ महमदपुरका २२ वर्षीय अनिल कुमार यादव गाउँ छेउकै तलाउमा डुबेको आशंकामा प्रहरीले खोजी कार्य सुरू गरेको छ।
क्षारे रोगबाट ग्रसित यादव सोमबार बिहान शौच गर्न जाँदा दिउँसोसम्म घर फर्केर नआएपछि घरका मानिसले खोजी गर्दै जाँदा तलाउ किनारमा उसको गम्छा भेटेका थिए।
अनिल शौच गरेर खोला किनारमा गएको समय उनलाई रोगले मुर्छित पारेपछि तलाउमा डुबेर बेपत्ता भएको हुनसक्ने पीडित परिवारको आशंका रहेको छ।
सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभार, हेक्वाटरबाट विपद तथा उद्धार सम्बन्धी सामग्री लिएर गएको टोली र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले तलाउमा अनिलको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रामेश्वर त्वातीले बताएका छन्।
उता जिल्लाको पूर्वीभेग माधव नारायण नगरपालिका-९ गढो गाउँनजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेका ५३ वर्षीय पुरुषको शव बरामद गरी सशस्त्र प्रहरी ११ नम्बर हेक्वाटर रौतहटबाट गएको टोलीले पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको डीएसपी गेहेन्द्र भण्डारीले बताएका छन्।
त्यस्तै, यमुनामाई गाउँपालिका ४ स्थित झाँझ खोला किनारमा आज एक जना अपरिचित ३० वर्षीया महिलाको शव बरामद भएको छ। स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र हेक्वाटरबाट गएको संयुक्त टोलीले महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ।
महिला र पुरुष दुवै शवको सनाखत हुन नसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए।
यस पटकको मनसुन सुरू भएयता रौतहटमा डुबेर बेपत्ता भएको यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार