गीतमय बन्यो संसद, प्रधानमन्त्रीलाई एमालेको जवाफ ‘तिमीले पराई ठानेपछि’
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार १५:४९:७
२४ असार, काठमाडौं । सोमबारको प्रतिनिधि सभा गीतमय भएको छ । सांसदले गीतबाटै सवालजवाफ गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरंगीत बनेको छ । उक्त सहमति लगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेन्चमा बसेको छ ।
एमालेले आफ्ना मन्त्रीहरूको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गायक फत्तेमान राजभण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरूलाई सुनाएका थिए । ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा...!’ सोही प्रसंग उल्लेख गर्दै एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको आजको बैठकमा जवाफी गीत सुनाए ।
बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरूले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमान राजभण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बीचको नाता हुनुपर्ने के रह्यो र ...!’ गीत सुनाए ।
प्रतिनिधिसभाको आइतबार र आज भएको बैठकमा सांसदहरूले गीतमार्फत विम्ब प्रहार गरिरहेका छन् । आइतबारको बैठकमा सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीत ‘छल गर्यो मायाले...सबैको देख्छु हासो र खुशी शिखरको बाटोमा आफू त...! गाए । बैठकमा सांसदहरूले दलीय प्रतिनिधित्व गर्दै एक अर्कालाई सांगीतिक झटारो प्रहार गरिरहेका छन् ।
विशेष समयमा माओवादीका सांसद पूर्णबहादुर घर्तीले गायिका कुन्ती मोक्तानको ‘कति जल्छौँ आरिसले अझै जल्दै गर, मत हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर’ सुनाए । उनले बैठकमा गीतको बिम्ब प्रस्तुत गरिएकाले आफूलाई पनि गीतको हरफ आएको भन्दै राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताए । उनले यसलाई कुनै पनि राजनीतिक दलले अन्यथा लिन नहुने धारणा राखे ।
राष्ट्रिय सहमति गर्ने विषयलाई पार्टीले सदैव सकारात्मक रुपमा लिएको भन्दै संविधान निर्माणदेखि पछिल्ला सरकार गठनमा पनि सहकार्य र सहमति गर्दै अघि बढेको सांसद घर्तीले बताए । संविधान संशोधनका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्न सकिने धारणा उनको छ ।
एमालेका प्रमुख सचेतक बर्तौलाले एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने विचार राख्दै आएको बताउँदै कांग्रेससँग उक्त विषयमा विचार मिलेकाले सरकारबाट बाहिरिएको बताए । उनले संसदका दुई ठूला दल मिलेर मुलुकको वर्तमान संकटलाई निकासा दिन राष्ट्रिय सरकार निर्माणको आकांक्षा बोकेर समझदारी बनेको बताए ।
प्रमुख सचेतक बर्तौलाले सरकार अल्पमतमा परिसकेकाले वर्तमान प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे । संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुने उनको भनाइ छ । सांसद बर्तौलाले संसदका दुई पार्टीबीचको सहमतिबारे विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै कांग्रेस र एमालेले मुलुकमा विद्यमान समस्या समाधानको संकल्प गरी सहकार्य गर्न लागेकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।
उनले अंकगणितीय हिसाबले नभई राष्ट्रिय सहमतिबाट संविधान संशोधन गरेर विद्यमान समस्या समाधानमा सम्बोधन गरिने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संविधानको प्रावधानअनुसार नै सरकार गठन प्रक्रिया अगाडि बढाउन राजनीतिक दललाई आग्रह गरे । उनले संवैधानिक व्यवस्था अनुरुप वर्तमान सरकारले आफ्नो समय उपयोग गरेको जिकिर गरे । सांसद झाले संविधान र संसदीय प्रणालीको अभ्यास सबै दलले गर्नुपर्नेमा जोड दिँदै अहिलेको संकटलाई समाधान गर्न सबै गम्भीर हुनुपर्ने धारणा राखे ।
नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले मुलुकभर बढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपजन्य घटना बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापन गर्न सरकारले के तयारी गरिरहेको छ सदनलाई जानकारी गराउन माग गरिन् । सांसद गौतमले मनसुन सुरु भएसँगै विपद् जुनसुकै बेला आउन सक्ने भएकाले पूर्वतयारीका लागि सरकारले गरेका काम र योजनाबारे दलाई जानकारी गराउनुपर्नेमा जोड दिइन् ।
उनले हरेक वर्ष विपद् आएपछि मात्रै तयारी थाल्ने गरिएकाले भन्दै विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरिन् । बाढीपहिरोले देश आक्रान्त बनेको छ । मानवीय र भौतिक सम्पत्तिको क्षति भएका छन् । पीडित नागरिकले राहत नपाएर सास्ती बेहोर्नुपरेको छ भन्दै सांसद गौतमले नदी किनार क्षेत्रमा बसोबास गर्ने जनताले वर्षाको समयमा निकै सास्ती बेहोर्नुपरेको र उद्धार राहत तथा क्षतिपूर्तिलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार